Logo

नेपालगंजबाट काठमाडौं उडेको विमान झापा अवतरण, पुनः काठमाडौं फर्कियो

नेपालगंजबाट काठमाडौं उडेको विमान झापा अवतरण, पुनः काठमाडौं फर्कियो



काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण गरेको छ । शुक्रबार बिहान साढे ७ बजे उडेको उक्त एयरलाइन्सको क्यू ४०० विमान खराब मौसमका कारण काठमाडौंबाट झापा डाइभर्ट भएको हो ।

‘८२ सिटसहितको उक्त विमानमा यात्रुहरु भरी थिए । खराव मौसमका कारण काठमाडौं विमानस्थलमा हाल धेरैजसो जहाज अवतरण र उडान गर्न सकेका छैनन् । झापामा अवतरण गरेको श्री एयरलाईन्सको विमान पुनः काठमाडौं फर्किसकेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL