Logo

भारतिय अभिनेता विवेक ओबेरोयद्वारा चन्द्रागिरि हिल्स भ्रमण

भारतिय अभिनेता विवेक ओबेरोयद्वारा चन्द्रागिरि हिल्स भ्रमण



काठमाडौं । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका थिए ।

अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

ओबेरोयले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिँदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकिय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए

प्रतिक्रिया दिनुहोस्
MBL