Logo

निगमले २ निकायलाई तिर्याे किस्तावापतको ७३ करोड ९ लाख रुपैयाँ

निगमले २ निकायलाई तिर्याे किस्तावापतको ७३ करोड ९ लाख रुपैयाँ



काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले पछिल्लो पटक २०७९ असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको उक्त रकम तिरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएको थियो । कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।

विगत तीनवर्ष देखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न सकेको थिएन ।
नेतृत्व परिवर्तन, नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा बृद्धि भएपछि ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL