Logo

थप ७ ट्राभल कम्पनीलाई अन्तरराष्ट्रिय हवाई टिकट बेच्ने अनुमति, कुन कुन कम्पनी परे ?

थप ७ ट्राभल कम्पनीलाई अन्तरराष्ट्रिय हवाई टिकट बेच्ने अनुमति, कुन कुन कम्पनी परे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ विदेशी लगानीका विदेशी ट्राभल्स एजेन्सीलाई अन्तरराष्ट्रिय हवाई टिकट विक्रीको स्वीकृती दिएको छ । राष्ट्र बैंकले सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर प्रालीलाई अन्तरराष्ट्रिय हवाई टिकट विक्रीको स्वीकृती दिएको हो ।

laxmi

यसअघि राष्ट्र बैंकले अन्तरराष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको थियो । सोही निर्देशनका आधारमा दर्ताका लागि आएका ट्राभल एजेन्सीहरु मध्ये रीत पुर्वक पेश भएका निवेदन र तोकिएको योग्यता पुगेका ७ वटा एजेन्सीलाई उक्त् सुविधामा समेटिएको हो ।

अब यी ७ कम्पनीहरुले पनि अन्तरराष्ट्रिय हवाई टिकट सजिलै काट्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL