Logo

आगामी दशकमा पर्यटन क्षेत्रले थप १२ करोड ६० लाख रोजगारी सिर्जना गर्ने, विश्व अर्थतन्त्रमा १४.६ ट्रिलियन डलरको योगदान दिने

आगामी दशकमा पर्यटन क्षेत्रले थप १२ करोड ६० लाख रोजगारी सिर्जना गर्ने, विश्व अर्थतन्त्रमा १४.६ ट्रिलियन डलरको योगदान दिने



काठमाडौं । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै आगामी दशकमा १२ करोड ६० लाख रोजगारी सिर्जना हुने बताएको छ । काउन्सिलले आर्थिक प्रभाव प्रतिवेदन (इआइआर) सार्वजनिक गर्दै एक दशकको अवधिमा पर्यटन क्षेत्रले मात्रै उक्त रोजगारी सिर्जना गर्ने बताएको हो ।

यो प्रतिवेदन सार्वजनिक गर्ने काउन्सिलले विश्वभरका निजी पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गर्छ । यसले विश्व अर्थतन्त्रमा पर्यटनले पुर्याएको योगदानका बारेमा खोजमुलक सामग्री उपलब्ध गराउने काम गर्छ । हालै सार्वजनिक गरिएको प्रतिवेदनमा परिषदले पर्यटनबाट ३ जनामा एक जनाले नयाँ रोजगारी पाउने बताएको हो ।

फिलिपिन्सको राजधानी मनिलामा आयोजना गरिएको ग्लोबल समिटमा परिषदका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुलिया सिम्पसनले उक्त संख्यामा रोजगारीको सिर्जना हुने अनुमान गरिएको बताएकी हुन् । सम्मेलनमा विश्वभरका पर्यटन क्षेत्रका दिग्गज, प्रमुख कार्यकारी अधिकृत, सरकारका मन्त्रीहरु, ट्राभल एक्सपर्टलगायत १ हजार बढीको उपस्थिति थियो ।

त्यहाँ सार्वजनिक गरिएको इआइआर प्रतिवेदनमा सन २०२२ देखि २०३२ सम्म पर्यटनको जीडीपी बार्षिक औसतमा ५।८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस्तै यस अवधिमा विश्व अर्थतन्त्रमा यसको हिस्सा प्रतिबर्ष २.७ प्रतिशतले बढ्दै १४.६ ट्रिलियन डलरको पुग्ने अनुमान गरिएको छ । जुन विश्वभरको कुल गार्हस्थ उत्पादनको ११।३ प्रतिशत हिस्सा हो ।

यस्तै उक्त प्रतिवेदनमा सन २०२३ मै विश्वको पर्यटन व्यवसायको जीडीपी कोभिड पूर्वको जस्तै हुने बताईएको छ । विश्वको जीडीपीमा सन २०२२ मा मात्रै पर्यटन क्षेत्रको वृद्धि ४३ दशमलव ७ प्रतिशतले भई ८.४ट्रिलियन डलरको पुग्ने बताईएको छ । यस्तै सन २०२३ मै यसले प्रदान गर्ने रोजगारीको संख्या पनि २०१९ कै हाराहारीमा पुगिसक्ने बताईएको छ ।

कोरोना महामारीका कारण विश्वभरको पर्यटन क्षेत्र धराशायी भएसँगै यसमार्फत हुने रोजगारी पनि गुमेको थियो । ‘आगामी दशक पर्यटन क्षेत्रले १२६ मिलियन रोजगारी सिर्जना गर्नेछ,’ परिषदकी सिइओ जुलिया सिम्पसनले भनिन्, ‘विश्वभर २०३२ सम्ममा रोजगार मानिसहरु ३ जना मध्ये १ जना पर्यटन क्षेत्रसँग सम्बन्धित हुनेछन ।’

उनले परिषदले सार्वजनिक गरेको प्रतिवेदनले आगामी दशक विश्व अर्थतन्त्र र रोजगारी सिर्जनाका लागि महत्वपूर्ण रहेको बताइन् । गत बर्ष २०२१ मा परिषदले सार्वजनिक गरेको प्रतिवेदनले २०२१ लाई कोरोनापछि पर्यटन क्षेत्र पुनः उदाएको बर्ष मानेको थियो । सन २०२१ मा जीडीपीमा पर्यटन क्षेत्रको योगदान २१.७ प्रतिशतले बढेर ५.८ ट्रिलियन डलरको पुगेको थियो । यस्तै सन २०१९ मा १०.३ प्रतिशत योगदान विश्व जीडीपीमा पर्यटन क्षेत्रको थियो ।

सन २०२० मा यो वृद्धि ५.३ प्रतिशतले घटेर ४.८ ट्रिलियन डलरमात्रै पुगेको थियो । त्यसपछि २०२१ मा विश्व पर्यटन क्षेत्रले आफुले दिने रोजगारी ६.७ प्रतिशतले बढायो । तर, कोरोनाको नयाँ भेरियन्टका रुपमा पुनः ओमिक्रोन भेरियन्ट भेटिएपछि विश्व पर्यटन क्षेत्रमा असर पर्यो, विभिन्न राष्ट्रले पुनः प्रतिवन्धहरु लगाए जसले पुनः यो क्षेत्रलाई नै अप्ठ्यारो पारेको थियो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL