Logo

बुद्ध होलिडेजको भ्यालेण्टाईन अफर, विभिन्न गन्तव्यहरुको होलिडेज प्याकेजमा छुटैछुट

बुद्ध होलिडेजको भ्यालेण्टाईन अफर, विभिन्न गन्तव्यहरुको होलिडेज प्याकेजमा छुटैछुट



काठमाडौँ । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ । पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरिएको हो ।

laxmi

विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याईने बुध्द एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।

बुध्द होलिडेजले अहिलेसम्म ३८०० स्वदेशी तथा विदेशी नागरिकलाई पोखरालगायत विभिन्न गन्तव्यको होलिडे प्याकेजमार्फत सेवा पुर्‍यएको छ । युवा वर्गलाई लक्षित गरी ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ ।

यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको छ । संक्रमणरहित होलिडे प्याकेजका लागि यात्रुवर्गले पनि स्वास्थय मापदण्ड अपनाई प्याकेजको आनन्द लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL