Logo

यतीबाट फ्लाइट बुकिङ गरी ‘खल्ती’ मार्फत भुक्तानी गर्दा ४५० रुपैयाँ ‘क्यास ब्याक’

यतीबाट फ्लाइट बुकिङ गरी ‘खल्ती’ मार्फत भुक्तानी गर्दा ४५० रुपैयाँ ‘क्यास ब्याक’



काठमाडौं ।  अनलाइन भुक्तानी सेवा खल्तीले यती एयरलाइन्ससँगको साझेदारीमा रु. ४५० को क्यास ब्याक अफर ल्याएको छ ।

फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुने कम्पनीले जनाएको छ । बुकिङ गर्दाको बिल रकममा रु.१५० घट्नेछ भने बाँकी रहेको रु.३०० खल्ती वालेटमा क्यास ब्याक स्वरुप प्राप्त हुन्छ ।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘यती एयरलाइन्ससँग मिलेर काम गर्दा प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पु-याउँदा उत्साहित भएको बताए’ ।


यस्तै, यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले खल्तीसँग सहकार्य गरेर ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्न पाउदा उत्साहित भएको बताए । यो अफर पुस २९ देखि फागुन ३ गतेसम्म मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL