Logo

अङ्ग्रेजी नयाँ वर्षमा ‘पोखरा स्ट्रिट फेष्टिबल’, लेकसाइडको तीन किलोमिटर सडक क्षेत्र छुट्टयाइयो

अङ्ग्रेजी नयाँ वर्षमा ‘पोखरा स्ट्रिट फेष्टिबल’, लेकसाइडको तीन किलोमिटर सडक क्षेत्र छुट्टयाइयो



काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यस वर्ष पनि वृहत पोखरा स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रर्वद्धन आजको मुल आवश्यकता’ भन्ने मुल नाराका साथ आगामी पुस १५ देखि १७ गतेसम्म पोखराको लेक साइडमा २३ औं सडक महोत्सव हुन लागेको हो ।

laxmi

अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुँदै आएको यस खालको फेष्टिभलमा सडकमै विभिन्न खानाको परिकारसँगै नेपाली भेषभुषा तथा कलाको प्रदर्शन गरिन्छ ।

तीन दिनसम्म चल्ने यस पटकको महोत्सवमा पनि सडकमै खाउ, सडकमै रमाउ भन्ने उद्देश्यका साथ भिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिए । सडक महोत्सवका लागि यस वर्ष पोखराको लेकसाइड क्षेत्रको तीन किलोमिटर सडक क्षेत्र छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL