Logo

बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण, बाँयाँ ईन्जिनमा समस्या

बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण, बाँयाँ ईन्जिनमा समस्या



काठमाडौं । बुद्ध एयरको जहाज पुनः भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । बिहीबार भरतपुरबाट काठमाडौंका लागि उडेको जहाज केहीबेरमै ईन्जिन फेल भएको भन्दै भरतपुर विमानस्थलमै आकस्मिक अवतरण गरेको हो ।

बुद्धको बीजक्राफ्ट ९एन एइइ जहाजमा उडेको समयमा बायाँतर्फको ईन्जिनमा प्राविधिक समस्या आएपछि भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराईएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त विमानमा १९ जना यात्र र ३ जना चालक दलका सदस्यसहित कुल २२ जना सवार थिए ।

उनीहरु सबैलाई सकुसल अर्काे जहाजबाट काठमाडौं ल्याउने तयारी भईरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका प्रवक्ता रुपेश जोसीका अनुसार जहाजको ईन्जिनमा कस्तो समस्या आएको हो भन्ने प्रमाणीत नभएकाले यसको अध्ययनपछि मात्रै थाहा हुनेछ । उनले चरा ठोक्किएको या अन्य कुनै प्राविधिक गडबढी हो अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL