Logo

होटल अलफ्टमा फुड फेस्टिभल ‘फ्लेभर्स अफ कस्मिर’ हुने, जाडो मौसमलाई ध्यान

होटल अलफ्टमा फुड फेस्टिभल ‘फ्लेभर्स अफ कस्मिर’ हुने, जाडो मौसमलाई ध्यान



काठमाडौं । होटल अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै ‘फ्लेभर्स अफ कस्मिर’ (कस्मिरको स्वाद) फुड फेस्टिभल आयोजना गर्ने भएको छ । भारतीय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टका कार्यकारी सेफ राजिव श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।

laxmi

कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्ने बताइएको छ । टाटा मोटर्सद्धारा प्रायोजित यो फेस्टिभल अलफ्टमा डिसेम्बर १० देखि १० दिन (डिसेम्बर १९) सम्म साँझ साढे ६ बजेदेखि साढे दस बजेसम्म चल्नेछ ।

वेलकम डिङ्क्ससहित खानाको प्रतिव्यक्ति कर बाहेक दुई हजार पाँच सय लाग्ने बताइएको छ । कस्मिरी खानाबाट सुरु गरिने यो फेस्टिभलको पहिलो दिन भारतीय दूतावास अन्तर्गतको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरूले आफ्नो प्रस्तुति समेत राख्ने बताइएको छ । फेस्टिभलको अवधिभर कास्मिरका विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतिको मिश्रणसहित उपलब्ध हुनेछ ।

शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल–डे डाइनिङ ‘नुक’ मा उपलब्ध हुनेछ । प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारहरूको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउदा आफू निकै उत्साहित भएको सिंहले बताए ।

‘विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला–ठूला राज्य सभाहरूका लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो । आउने दिनहरूमा हामी यसरी नै स्पेनिस, टर्किस लगायत अन्य अन्तर्राष्ट्रिय परिकारहरू पनि अलफ्टमा प्रस्तुत गर्नेछौं,’ सिंहले भने ।

विश्वभर २६ वटा देशमा अलफ्टको एकसय चालीसभन्दा बढी होटलहरू सञ्चालमा रहेको छन् भने विश्वभर तीसभन्दा बढी ब्रान्डहरू र सात हजारभन्दा बढी होटलहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL