Logo

कामपामा पर्यटन प्रर्वद्धन कोष, होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन हुने

कामपामा पर्यटन प्रर्वद्धन कोष, होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन हुने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रर्वद्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । कामपाको ७१ औँ कार्यपालिका बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । आर्थिक वर्ष २०७५-०७६ मा होटल व्यवसायीले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

laxmi

उनका अनुसार कोष सञ्चालनका लागि कामपाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्यसहित पाँच जना र होटल सङ्घ, नेपालका तर्फबाट चार जना गरी नौ जनाको निर्देशक समिति निर्माण गरिने पनि जनाइएको छ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै कामपा राजस्व विभागका प्रमुखको संयोजकत्वमा सङ्घको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ ।

मङ्गलबार बसेको बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७औँ महानगर दिवस मूल समारोह समिति गठनसमेत गररेको छ । समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्य रहनेछन् ।

त्यसैगरी बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनःस्थापना केन्द्र नेपाल र मस्तिष्काघात स्वाबलम्बन समूह नेपाल गरी चार वटा संस्थालाई आर्थिक अनुदान गर्ने दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL