Logo

सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजको टायर फ्ल्याट, यात्रुलाई अर्काे जहाजमा काठमाडौं ल्याईँदै

सिमरा विमानस्थलमा बुद्ध एयरको जहाजको टायर फ्ल्याट, यात्रुलाई अर्काे जहाजमा काठमाडौं ल्याईँदै



काठमाडौं । बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको ‘टायर फ्ल्याट’ भएको छ । काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतर्फ लैजाने क्रममा टायरको हावा खुस्किएको हो ।

laxmi

सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा खुस्किएपछि उडानसमेत डिलो भएको छ ।

बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको थियो । समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको छ ।

अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । सिमराबाट काठमाडौं आउनुपर्ने उक्त जहाजको टायर फ्ल्याट भएपछि काठमाडौं आउने यात्रुहरुलाई सास्ती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL