Logo

वायुसेवा सुरक्षाका बिषयमा पर्यटन मन्त्रालयले थाल्यो अध्ययन, छानविन समिति गठन

वायुसेवा सुरक्षाका बिषयमा पर्यटन मन्त्रालयले थाल्यो अध्ययन, छानविन समिति गठन



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा हवाई उडना सुरक्षासम्बन्धी अध्ययन गर्ने भएको छ । पछिल्लो समय हेलिकप्टर र हवाईजहाज उडानमा धेरैभन्दा धेरै सुरक्षा समस्या देखिएको भन्दै यसको अध्ययन गर्नुपर्ने बताएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हवाई उडान कम्पनीहरुले विभिनन मापदण्ड पालना गरेनगरेको, सेवा अध्यावधिक गरे नगरेकोलगायत अध्ययन गर्ने बताएको छ ।

मन्त्रालयले उक्त अध्ययनका लागि भन्दै मन्त्रालयका सहसचिव बुद्धीसागर लामिछानेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । उक्त अध्ययन समितिले ३ महिनाभित्र हवाई उड्डयन क्षेत्रको अध्ययन गरी सरकारसमक्ष प्रतिवेदन बुझाउनु पर्नेछ । अध्ययनका क्रममा वायुसेवा कम्पनीहरुले भनेबमोजिमको मापदण्ड पुरा नगरेको भए मापदण्ड पुरा हुँदासम्मका लागि सेवा बन्द गर्न सक्ने अधिकारसमेत अध्ययन समितिले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL