Logo

अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक, असार १७ गतेदेखि आन्तरिक उडान (सूचीसहित)

अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक, असार १७ गतेदेखि आन्तरिक उडान (सूचीसहित)



काठमाडौं : लामो समयदेखि बन्द रहेको हवाई उडान खुलेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आज तालिका सार्वजनिक गर्दै विभिन्न देशमा हुने अन्तरष्ट्रिय उडानको मिति तय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद बैंठकले आन्तरिक तथा बाह्य उडान खुला गर्ने निर्णय गर्दै उडान मिति तोक्निे जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिएको थियो । सोही अनुरुप मन्त्रालयले बिहीबारदेखि उडान हुनेगरी कतार, जापान, ओमानलगायतका देशको उडान तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार नेपाल एयरलाइन्सले कतार र तर्किस एयरलाइन्सले इस्तानबुल उडान भर्नेछ । यसैगरी शनिबार नेपाल एयरलाइन्सले जापान र एयर इण्डियाले दिल्लीबाट काठमाडौं उडान भर्नेछ । मन्त्रालयले निकालेको सूचना अनुसार आइतबार कतार एयरवेजले दोहाबाट काठमाडौंको उडान गर्नेछ भने टर्की एयरलाइन्सले इस्तानबुलबाट काठमाडौंको उडान भर्ने छ । यसैगरी आइतबार नै एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौंका लागि उडान भर्ने भएको छ ।

यसैगरी मन्त्रालयल असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL