Logo

हवाई उडान खोल्ने सरकारको निर्णय, आन्तरिकतर्फ ५० प्रतिशत उडान हुने

हवाई उडान खोल्ने सरकारको निर्णय, आन्तरिकतर्फ ५० प्रतिशत उडान हुने



काठमाडौं । सरकारले अब आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले शर्तसहित गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खोल्ने निर्णय गरेको हो । मन्त्रिपरीषद्को बैठकले आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुने निर्णय गरेको छ । जसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

मन्त्रिपरीषद्को निर्णयअनुसार अब काठमाडौं(दोहा रुटमा नेपाल वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं-दमाम रुटमा साताको २, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक-एक उडान हुने गरि खुलेको हो । सरकारले गत बैशाख १६ गतेदेखि कोरोना महामारी फैैलिएको बताउँदै हवाई उडान स्थगित गरेको थियो । पछिल्लो ५५ दिनदेखि बन्द हवाई यातायात अब सुचारु हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL