Logo

१० दिन भ्रमण विदा दिनेबारे के हुँदैछ तयारी ?, अन्यौलमा पर्यटन बोर्ड

१० दिन भ्रमण विदा दिनेबारे के हुँदैछ तयारी ?, अन्यौलमा पर्यटन बोर्ड



काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा सरकारले सरकारी, निजी कर्मचारीहरुलाई १० दिन भ्रमण विदा दिने घोषणा गरेको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सरकारले कर्मचारीलाई भत्तासहित भ्रमण विदाको व्यवस्था गरेको हो ।

laxmi

यसरी बजेटमा व्यवस्था गरिएपनि कसरी, कसलाई र कहिले विदा दिने भन्नेबारे कार्यविधि भने बनिसकेको छैन । तर बजेटमा भएको उक्त व्यवस्थालाई कार्यान्यनमा ल्याउनका लागि पर्यटन बोर्डले भने भ्रमण विदा दिने कार्यविधि बनाउने तयारी गरेको छ ।

चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रमा परेको असरलाई न्युनिकरण गर्नका लागि भन्दै तत्कालिन पर्यटन मन्त्री योगेश भट्राईले हप्तामा २ दिन विदाको अवधारणा ल्याएका थिए । यसको पर्यटन बोर्डले कार्यविधि बनाएको थियो । तर त्यसैलाई आधार मानेर आगामी आर्थिक बर्ष सरकारी, निजी, संस्थागत कर्मचारीलाई १० दिन भ्रमण विदा दिने घोषणा गरिएका थियो ।

बजेट भाषणमार्फत घोषणा गरिएको उक्त व्यवस्थाका लागि कार्यविधि बनाउन पर्यटन बोर्डले भने आफुहरु तयारी अवस्थामा रहेको जानकारी दिएको छ । पर्यटन मन्त्रालयले यसको कार्यविधि बनाउन दिएको अवस्थामा तत्कालै कार्यविधि बनाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी बताउँछन् । उनका अनुसार आगामी बर्ष २ दिन विदाको कार्यविधि बनाएको बोर्डले पुनः १० दिन विदाको कार्यविधि बनाउने जिम्मा दिए सजिलै र चाँडै बनाउने उनी बताउँछन् । तर मन्त्रालयबाट यसको कार्यविधि बनाउने निर्देशन आईनसकेकाले अहिलेनै केहि भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।

कार्यविधिमा कति दिनको विदा दिने, कसरी दिने, खर्च, भत्ता कसरी दिनेलगायतका कुराहरु समेट्नुपर्ने उनि बताउँछन् । तर अहिलेनै कार्यविधिमा के कस्ता कुराहरु समेट्नुपर्ने भन्नेजस्ता कुराहरु आजै सार्वजनिक पनि गर्न नसकिने उनी बताउँछन् । सरकारले १० दिनको भत्तासहित विदा दिने दिने निर्णय गरेको छ । तर १० दिन भ्रमणका लागि कति खर्च लाग्छ, भत्ता कति दिए पुग्नेलगायतका कुराहरु पर्यटन मन्त्रालयले तोकेर दिनुपर्ने र त्यसमा आफुले केहि सुझावहरु समेट्नुपर्ने भएपनि पनि सुझाव दिन पनि सकिने उनी बताउँछन् ।

यस्तै हप्तामा २ दिन विदा दिनुपर्ने कार्यविधि पनि बोर्डले गत बर्षनै मन्त्रालयमा पठाएपनि सो विषयमा अझै निर्णय भैसकेको छैन । सो विषयमा आफुहरुले मन्त्रालयमा ताकेता गरिरहेको समेत उनले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक बर्षको बजेटमा सातामा २ दिन विदा दिने कुरा समावेश नगरेपनि सो विषयलाई आफुहरुले उठान गरिराख्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL