Logo

वायुसेवा व्यवसायीको आग्रह : असारदेखि आन्तरिकतर्फको हवाई उडान खोलौं, पार्किङलगायत शुल्कलाई मिनाहा गर

वायुसेवा व्यवसायीको आग्रह : असारदेखि आन्तरिकतर्फको हवाई उडान खोलौं, पार्किङलगायत शुल्कलाई मिनाहा गर



काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आगामी असार १ गतेदेखि आन्तरिक हवाई उडान खुलाउन अनुरोध गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले हवाई उडान बन्द भएपछि १० लाख बढिको रोजी रोटी गुमेको भन्दै यसलाई सहज बनाई संचालन गर्नुपर्ने माग गरेको हो ।

कोरोना कहरको दोस्रो लहर अगाडी हवाई उडानमा समावेश सबै यात्रु तथा कर्मचारीहरु सुरक्षाका विभिन्न उपायका कारण सुरक्षित र संक्रमण रहित भएकाले अब पनि यो सम्भव भएको संघमा आवद्ध व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार आगामी दिनमा पनि आन्तरिक हवाई उडानमा आवश्यक सम्पुर्ण सुरक्षाका मापदण्डको कडा पालना गरी वायुसेवा संचालन गरिने छ ।

संघका अुनसार कोरोना कहरको पहिलो लहरमा १ सय ८० र दोस्रो लहरमा ४० दिनभन्दा बढि आन्तरिकतर्फको हवाई उडान बन्द हुँदा देशको अर्थतन्त्रमा पनि ठुलो नकारात्मक असर परेको छ ।

संसारका कुनै पनि राष्ट्रमा आन्तरिकतर्फको हवाई उडान बन्द नभएकाले नेपालमा पनि यसलाई जारी राख्न आवश्यक नभएको संघको बुझाई छ । यस्तै संघले आगामी बर्षको लकडाउनमा दिईएको पार्किङ तथा अन्य शुल्कमा दिईएको छुटलाई निरन्तरता दिन र आन्तरिकतर्फ हवाई ईन्धनको भाडा घटाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL