Logo

विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न मिल्ने एप तयार, यसरी गर्नुस बुक

विश्वका जुनसुकै स्थानबाट नेपालमा होटल बुक गर्न मिल्ने एप तयार, यसरी गर्नुस बुक



काठमाडौं । विश्वका जुनसुकै स्थानमा बसेर पनि नेपालमा होटल बुक गर्न मिल्ने गरी नयाँ एप तयार भएको छ । अतिथि गृह डटकमले तयार गरेको यो एप एन्ड्रोइड र आईओएस दुबैमा डाउनलोड गर्न सकिन्छ । पर्यटन व्यवसायी विश्व पुरी, मेघ आले, मिग्मा डेविड शेर्पा, अजय खड्का र सुजन सुवेदीको समूहले मिलेर यती टेक कम्पनीमार्फत यो एप सञ्चालनमा ल्याएका हुन् ।

यस एपमार्फत अहिले एक सयभन्दा धेरै होटलहरुको बुकिङ गर्न सकिन्छ । नेपाल भरका सबै होटललाई एपमा सूचीकृत गर्ने लक्ष्य राखेको निर्देशक विश्व पुरीले बताए । उनका अनुसार नेपालको हिमालय क्षेत्रका होटलहरु पनि यसमा समावेश गरिनेछ ।

त्यस्तै,ग्राहकहरुले होल बुक गर्दा फोन पे, इसेवा वा जुनसुकै देशको मास्टर कार्डबाट पनि पैसा तिर्न सक्नेछन् । भर्खरै मात्र यस एप कम्पनीको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि फहराइएको छ । समूहका सदस्य तथा आरोही मिग्मा डेविट शेर्पाले एपको झण्डा फहराएका हुन् ।

यसरी बुक गर्नुस्

होटल बुक गर्नका लागि एन्ड्रोइड र आइओएसबाट ‘अतिथ घर’ नाम एप्लिकेशन मोबाइलमा डाउनलोड गर्नुपर्छ । त्यसपछि एप्लिकेशनमा यूजर नेम र पासवर्ड राख्नुपर्छ । अनि, विभिन्न शहरमा रहेका विभिन्न होटलहरुको विवरण कोठाको मूल्यसहित आउँछ । होटलमा पालना गर्नुपर्ने नियमहरु पनि एपमार्फत नै हेर्न सकिन्छ । यो सुविधा निशुल्क प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL