Logo

टेलिकमको अनुमतिपत्र नविकरण गर्ने निर्णय, २० अर्ब कायम गरि किस्तामै शुल्क लिइने

टेलिकमको अनुमतिपत्र नविकरण गर्ने निर्णय, २० अर्ब कायम गरि किस्तामै शुल्क लिइने



काठमाडौ । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमको मोबाईल सेवाको अनुमतिपत्र नविकरण गर्ने भएको छ । प्राधिकरणको बुधबार बसेको बोर्ड बैठकले टेलिकमको तेस्रोपटक अनुमतिपत्र नविकरण गर्नका लागि तोकिएको २० अर्ब रुपैयाँ किस्तामै लिने र लाईसेन्स नविकरण गर्ने निर्णय गरेको हो ।

टेलिकमले तेस्रोपटकको मोबाईल सेवाको लाईसेन्स नविकरणका लागि गत माघमा १८ करोड ९० लाख रुपैयाँ भने तिरीसकेको छ । सो रुपैयाँ तिरिसकेपछि टेलिकमको अनुमतिपत्र नविकरण गर्नका लागि प्राधिकरणलाई संचार तथा सुचना प्रविधि मन्त्रालयलाई गत जेठमै निर्देशन दिएको थियो ।

नेपाल टेलिकमलाई सरकारले नविकरण दस्तुर विभिन्न ५ किस्तामा बुझाउने सुविधा उपलब्ध गराएपनि पहिलो किस्तावापतको रकम यथाशिघ्र बुझाउन निर्देशन दिएपछि पहिलो किस्ता वापतको उक्त रकम भने तिरेको थियो । तर बाँकी रकम भने टेलिकमले किस्ता किस्तामा तिर्नुपर्नेछ ।

नेपाल टेलिकमले २०५६ साल बैशाख २९ गते मोबाईल सेवाको अनुमती पाएको थियो । सोही अनुसार टेलिकमको पहिलोपटक नविकरण गर्ने म्याद लाईसेन्स लिएको १० बर्षमा र त्यसपछिका प्रत्येक ५ बर्षमा नविकरण गराउनुपर्ने नियम छ ।

टेलिकमको मोबाईल सेवाको नविकरण शुल्क कति लिने भन्ने बारेमा कुनै ठोस निर्णय नै नभईसकेकाले मोबाईल सेवाको लाईसेन्स दस्तुरको ९० प्रतिशत रकम तिरेर सेवाको नविकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL