Logo

आजबाट ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो, नेपाल टेलिकमले नबढाउने

आजबाट ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढ्यो, नेपाल टेलिकमले नबढाउने



काठमाडौं । आजदेखि ईन्टरनेटको शुल्क १३ प्रतिशतले बढेको छ । सरकारले अघिल्लो आर्थिक बर्षको बजेटमा ईन्टरनेटमा १३ प्रतिशत भ्याट लगाउने बताएपछि ईन्टरनेट सेवाप्रदायक संघ नेपालले चालु आर्थिक बर्षदेखि उक्त शुल्क ग्राहकमार्फत उठाउने बताएको हो ।

laxmi

नेपाल सरकारले अघिल्लो आर्थिक बर्षदेखि नै उक्त १३ प्रतिशत सेवाशुल्क ईन्टरनेटमा लागु गर्ने बताएपनि चौतर्फी विरोधपछि आईस्पानसँगको सहकार्यमा चालु आर्थिक बर्षमा समायोजन गर्ने बताएको थियो । तर समायोजन गर्ने भनेको १२ महिनासम्म पनि सरकारले कुनै वास्ता नगरेपछि बुधबारदेखि उक्त सेवाशुल्क ग्राहकबाट उठाउने निर्णय गरिएको आईस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

उनका अनुसार ऐनमै सरकारले लागु गरिएको सेवाशुल्क ग्राहकमार्फत उठाउनुपर्ने नियम भएकाले र ग्राहकमार्फत नउठाई सेवा प्रदान गर्न गाह्रोह्रो हुने भएपछि आजैदेखि ईन्टरनेटको हालको शुल्कमा १३ प्रतिशत सेवाशुल्क थपिएको हो ।

सरकारले गत आबको बजेटमा १३ प्रतिशत सेवा शुल्क लिने बताएपछि त्यसैबेलादेखि ग्राहकबाट सेवाशुल्क उठाउने बताएको आईस्पानलाई सरकारले नै समायोजनको कुरा जाहेर गरेको थियो ।

तर समायोजन गर्ने भनेको विभिन्न समयमा आईस्पानका प्रतिनिधिहरु मन्त्री, सचिव लाई भेट्न जाँदा समेत कुनै सुनुवाई नगरेको अध्यक्ष भट्टको भनाई छ । यस्तै सरकारी स्वामित्वको नेपाल टेलिकमले भने ईन्टरनेटको पुरानो शुल्कमा थपघट नगर्ने जानकारी दिएको छ । टेलिकमले मंगलबार एक सुचना जारी गर्दै आफ्नो ईन्टरनेट सेवामा भने थप शुल्क नबढाउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL