Logo

डोनाल्ड ट्रम्पको गुगलप्रति गिद्धेनजर, चिनियाँ सरकारसँग मिलेको आरोप

डोनाल्ड ट्रम्पको गुगलप्रति गिद्धेनजर, चिनियाँ सरकारसँग मिलेको आरोप



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय अमेरिकी कम्पनी गुगलमाथी पनि गिद्धे दृष्टि लगाएका छन । उनले मंगलबार एक कार्यक्रममा गुगलले चीनसँगको मिलेमतोमा देशद्रोहको काम गरिरहेको शंकाले हेरिएको बताएका हुन ।

laxmi

उनले आफ्ना समर्थक तथा लगानीकर्ता पिटर थाईलको समर्थन गर्दै गुगल चिनियाँ सरकारसँगको मिलेमतोमा देशद्रोहको काम गरिरहेको जानकारी दिएका हुन । उनले भने, ‘थाईल अन्य मानीसभन्दा व्रिलियन्ट छन जसले यसको बारेमा थाहा पाए ।’ यस्तै उनले गुगललाई निगरानीमा राख्ने बताएका छन । फेसबुक र पेपलमा ठुलो देन भएका थाईलले गुगलले चिनियाँ ईन्जिनियरहरुसँग घुस लिएको र चिनियाँ मिलिटरी सम्बन्धी काम गरिरहेको बताएका थिए ।

उनले राष्ट्रियता सम्बन्धी एक सम्मेलनमा बोल्दै गुगलले कतिओटा विदेशी एआई कम्पनीसँग घुसखोरी काम गरिरहेको, कुन कुन कम्पनीसँग घुसपैठको काम गरिरहेको तथा गुगलले अमेरिकी मिलिटरीसँग नभई किन चिनियाँ मिलिटरीसँग मिलेर काम गरिरहेको जस्ता प्रश्न सोध्न चाहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL