Logo

हुवावेमा प्रतिबन्ध पछि अमेरिकाको अर्को अस्त्र, चीनमा बनेका ड्रोन अमेरिकामा उडाउन नपाइने

हुवावेमा प्रतिबन्ध पछि अमेरिकाको अर्को अस्त्र, चीनमा बनेका ड्रोन अमेरिकामा उडाउन नपाइने



काठमाडौं । अमेरिकामा हुवावे पछि चिनियाँ कम्पनीका ड्रोनको उडानमा समेत रोक लगाइएको छ । अमेरिकाले चिनियाँ ड्रोनले समेत गोप्य सुचना चीनको राजधानी वेईजिङमा पठाउन सक्ने भन्दै उक्त ड्रोनहरुमा प्रतिवन्ध लगाएको छ ।

ड्रोनले अत्यावश्यक उडान सुचनाहरु चोर्नसक्ने भन्दै अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिट ड्रोन उडानमा रोक लगाउन सुचना जारी गरेको छ । ड्रोनहरु कुनै संगठनहरुको सुचनाका लागि जोखिमपुर्ण हुनसक्ने भन्दै अमेरिकाको रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिका र क्यानडामा मात्रै चिनियाँ कम्पनी ‘डिजेआई’का ड्रोनहरुको ८० प्रतिशत प्रयोग हुँदै आएको जानकारी दिएको छ । अमेरिकाले गोप्य सुचना बाहिरिने भन्दै चिनियाँ कम्पनी हुवावेका विभिन्न डिभाईसहरुमा समेत अघिल्लो हप्ता प्रतिवन्ध लगाएको थियो ।

यस्तै सोही अनुसार अमेरिकी कम्पनी गुगलले समेत हुवावेलाई आफ्नो पहुँचबाट हटाउने घोषणा गरिसकेको छ । अमेरिका चीन ब्यापारयुद्धले अघिल्लो बर्षमात्रै उचाई लिएको थियो । अमरिकाले चिनियाँ मामग्रीको आयातमा २५ प्रतिशतले करवृद्धि गरेको थियो त्यसको केहि महिनापछि चीनले पनि अमेरिकी वस्तुहरुमा सोहीअनुसारले करवृद्धि गरेको थियो । सोही अनुसार गतहप्तामात्रै अमेरिकाले हुवावेलाई समेत प्रतिवन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL