Logo

गल्छीमा टेलिकमको अप्टिकल फाइबर शिलान्यास, धनकुटा र सिन्धुलीमा केवल विछ्याउन सुरु

गल्छीमा टेलिकमको अप्टिकल फाइबर शिलान्यास, धनकुटा र सिन्धुलीमा केवल विछ्याउन सुरु



काठमाडौं । नेपाल टेलिकमले जिम्मा पाएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाईवर विछ्याउने काम आजबाट सुरु गरेको छ । कम्पनीले जिम्मा पाएको प्रदेश नं १, २ र ३ का विभिन्न क्षेत्रमा अप्टिकल फाईवर विछ्याउने कार्यको सोमबार एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीस्थित मासटारमा एक कार्यक्रममा टेलिकमको उक्त अप्टिकल फाईबर विछ्याउने कार्यको सिलान्यास गरेका छन । कम्पनीले जिम्मा पाएको उक्त ३ ओटै प्रदेशमा २ बर्षभित्रमा अप्टिकल फाईबर विछ्याउने गरी जिम्मा लिएको छ । उक्त ३ ओटै प्रदेशमा फाईबर विछ्याउन गत महिना मात्रै ३ ओटा कम्पनीलाई जिम्मा दिएको कम्पनीले काम भने सोमबार बाट मात्रै अघि बढाएको हो । टेलिकमले प्रदेश नं १, २ र ३ का विभिन्न क्षेत्रमा अप्टिकल फाईबर विछ्याउने जिम्मा चिनियाँ, कोरियाली तथा नेपाली कम्पनीलाई दिएको थियो ।

नेपाल दूरसंचार प्राधिकरणले ग्रामिण दूरसंचार कोषको रकमबाट मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउनका लागि ३ सेवा प्रदायक कम्पनीलाई जिम्मा दिएको थियो । नेपाल टेलिकमले प्रदेश नं १ मा अप्टिकल फाईबर विछ्याउनका लागि कोरियाली कम्पनी एलएस केवललाई र प्रदेश नं २ र ३ मा नेपाली कम्पनी आरोग्य कन्स्ट्रक्सन जेभि र हङ्कङको सिसिएसआई कम्पनीलाई दिएको छ ।

दूरसंचार प्राधिकरणले ग्रामिण दूरसंचार कोषको रकमबाट मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउनका लागि ३ सेवा प्रदायक कम्पनीलाई जिम्मा दिएको थियो । जसमा प्रदेश १ देखि ३ सम्म नेपाल टेलिकम, प्रदेश ४ र ५ मा युनाईटेड टेलिकम र ६ र ७ नम्बर प्रदेशमा स्मार्ट टेलिकमले टेन्डर पाएका थिए ।

प्राधिकरणले २०७३ असोज १२ मा नेपाल टेलिकमलाई विना प्रतिस्पर्धा प्रदेश नम्बर १ को पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि प्रदेश न ३ को गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउने जिम्मा दिएको थियो ।

टेलिकमले सोमबार धादिङको गल्छी, सिन्धुलीको खुर्काेट र धनकुटाको हिलेबाट अप्टिकल फाईबरको केवल विछ्याउन सुरु गरिसकेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिईन । उनका अनुसार धादिङमा सिलान्यास मात्रै गरिएपनि सिन्धुली र धनकुटाबाट भने फाईबर विछ्याउन नै सुरु आजैदेखि गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL