Logo

कल सक्सेस रेटमा पछि परे टेलिकम कम्पनीहरु, ललितपुरमा न्युन

कल सक्सेस रेटमा पछि परे टेलिकम कम्पनीहरु, ललितपुरमा न्युन



काठमाडौ । टेलिकम कम्पनीले हालसम्म पनि आफ्नो कल सक्सेस रेट पुरा गर्न सकेका छैैनन । नेपाल दूरसंचार प्राधिकरणले हालै ललितपुरमा गरेको मोबाईल ड्राईभ टेस्टमा नेपाल टेलिकम, स्मार्ट टेलिकम र एनसेलले आफुले पुर्याउनुपर्ने कल सक्सेस रेट समेत पुरा गर्न नसकेको पाईएको छ ।

प्राधिकरणले यसअघि काठमाडौं, भक्तपुर, पोखरा पृथ्वि राजमार्ग लगायतका स्थानमा ड्राईभ टेस्ट गरेको थियो । उक्त टेष्टमा नेपाल टेलिकम तथा एनसेलको कल सक्सेस रेट न्युन भएको प्राधिकरणले जानकारी दिएको थियो सोही अनुसार हालै प्राधिकरणले ललितपुरमा गरेको उक्त टेस्ट ड्राईभमा पनि टेलिकम कम्पनी प्राधिकरणले तोकेको उक्त रेटसम्म पुग्न नसकेका हुन ।

ललितपुरको उक्त टेस्टमा प्राधिकरण्ले कल सक्सेस हुन लाग्ने समय ५ सेकेन्ड वा सो भन्दा कम तोकेको भएपनि नेपाल टेलिकमको कल सक्सेस हुने दर ११ दशमलव ५३ सेकेन्ड रहेको छ । यस्तै दोस्रो ठुलो टेलिकम सेवाप्रदायक कम्पनी एनसेलको भने कल स्थापना हुन लाग्ने समय ७ दशमलव ६८ सेकेन्कड रहेको छ भने स्मार्टसेलको कल स्थापना हुन लाग्ने समय १२ सेकेन्ड रहेको छ ।

नेपाल टेलिकमले आफ्नो कल सक्सेस रेट मात्रै नभएर आफ्नो ईन्टरनेट पिङ हुन लाग्ने समय समेत छोट्याउन सकेको छैन । हाल ललितपुरमा नेपाल टेलिकमको ईन्टरनेट पिङ हुन लाग्ने समय १ सय ३७ मिलिसेकेन्ड रहेको छ र यस्तै नेपाल टेलिकमको नेटवर्कमा कुनै पनि वेबपेज लोड हुन १७ दशमलव ९३ सेकेन्ड लाग्छ भने एनसेलमा सोही वेबपेज लोड गर्न १८ दशमलव १२ सेकेन्ड लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL