Logo

नेपाल टेलिकमका ईन्टरनेट ग्राहक १ महिनामै ३ लाखले बढे, एनसेलको वृद्धिदर न्युन

नेपाल टेलिकमका ईन्टरनेट ग्राहक १ महिनामै ३ लाखले बढे, एनसेलको वृद्धिदर न्युन



काठमाडौं । सरकारी स्वामित्वको टेलिकम सेवा प्रदायक नेपाल टेलिकमले १ महिनामै आफ्ना ईन्टरनेट ग्राहकको संख्यामा उल्लेख्य वृद्धि गरेको छ । टेलिकमले गत फागुन महिनामै आफ्ना ईन्टरनेट सेवाग्राहीको संख्यामा ३ लाखले वृद्धि गरेको छ ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टका अनुसार गत माघ महिनामा कम्पनीको ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८० लाख ९८ हजार २ सय रहेकोमा फागुनमा भने सो संख्या बढ्दै ८३ लाख ३५ हजार ९ सय ६० जना पुगेका छन । उक्त रिपोर्टका अनुसा र नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्यामा मात्रै १६ हजार १ सय ५० जनाले बढेको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आफ्नो सेवामा नविनतम प्रविधि भित्रिएपनि पुरानो प्रविधिलाई पुर्ण रुपमा प्रतिश्थापन गर्न नसकिने बताईरहँदा कम्पनीले आफ्नो थ्रिजी तथा टुजी प्रविधिमा पनि सोही अनुसार सेवाग्राही बढिरहेका छन । कम्पनीका हाल थ्रीजी ग्राहकको संख्या ६३ लाख ४६ हजार जना रहेको छ ।

यस्तै नीजी टेलिकम सेवाप्रदायक एनसेलले भने १ महिनामा उल्लेख्य रुपमा आफ्ना ईन्टरनेट ग्राहक वृद्धि गर्न नसकेको पाईएको छ । एनसेलले फागुनको महिना आफ्ना ईन्टरनेट सेवाग्राहीको संख्यामा ६३ हजारले मात्रै वृद्धि गरेको छ ।

तर कम्पनीले आफ्नो फोरजी सेवाग्राहीको संख्या भने फागुनको महिना २ लाख ५३ हजार जनाले वृद्धि भएका छन । हाल नेपालमा ब्रोडब्याण्ड ईन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ७५ लाख ६९ हजार रहेको छ जुन कुल जनसंख्याको करिव ६० प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL