Logo

दुरसंचार प्राधिकरणले पनि पोलमा झुन्डीएका तारहरु ब्यवस्थापन गर्ने, १ अर्ब विनियोजन

दुरसंचार प्राधिकरणले पनि पोलमा झुन्डीएका तारहरु ब्यवस्थापन गर्ने, १ अर्ब विनियोजन



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले विभिन्न महानगरपालिका तथा उपमहानगरपालिकाका पोलहरुमा अब्यवस्थित तरिकाले झुन्डीएका तारहरुको व्यवस्थापन गर्ने भएको छ ।

प्राधिकरणले महानगरहरुमा विभिन्न दूरसंचार तथा ईन्टरनेट सेवा प्रदायकका तारहरुले शहर नै अव्यवस्थित तथा त्यसले शहरको सौन्दर्यनै कुरुप बनाएको भन्दै त्यस्ता तार हटाउन लागेको हो ।

प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको तार व्यवस्थित गर्न नसक्दा काठमाडौंकै प्रायजसो स्थानमा विभिन्न सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरणको खम्बाहरुमा तारहरु झुन्ड्याएर सौन्दर्य विगार्दै आएका छन् । यसै कुरालाई मध्यनजर गर्दै नेपाल दुरसंचार प्राधिकरणले विभिन्न्न सेवा प्रदायकले पोलमा झुन्ड्याएका तारहरुलाई व्यवस्थित गर्न चालू आर्थिक बर्षका लागि १ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले आफु अन्तरगतका तारहरुलाई व्यवस्थित गर्नका लागि तारहरु अन्डरग्राउन्ड गर्ने कामहरु सुरु गर्ने भएपछि दूरसंचार प्राधिकरणले पनि सोही अनुरुप काम अघि बढाएको हो । विद्युत प्राधिकरणले आफ्ना तारहरु अन्डरग्राउन्ड गर्नका लागि टेन्डर आह्वान गरेको थियो । तर उक्त टेन्डरमा कोही पनि ईच्छुक नदेखिएकाले पुनः टेन्डरको म्याद थपेको छ ।

ठेकेदार कम्पनीले विद्युत प्राधिकरणका तार अन्डरग्राउन्ड गर्नका लागि पैसा कम भएको भन्दै टेन्डर नहालेको पाईएको छ । तर, दूरसंचार प्राधिकरणले भने यो बर्ष विनियोजन गरेको उक्त बजेटमार्फत आर्थिक बर्षको पहिलो त्रैमासमा विभिन्न महानगरका क्षेत्रहरुको पहिचान गर्दै सर्भे गर्ने भएको छ ।

प्राधिकरणले ल्याएको उक्त योजनामा आर्थिक बर्षको पहिलो त्रैमास सकिएकोले ढिलो हुने देखिएको छ । यस्तै प्राधिकरणका अनुसार उक्त सर्भेपश्चात अन्डरग्राउन्ड गर्नुपर्ने स्थानहरुको डिजाईन तयार पार्दै बोलपत्रका लागि कागजपत्र तयार गरिने भएको छ ।

प्राधिकरणले तेस्रो त्रैमासमा यसका लागि बोलपत्र आह्वान गर्ने जानकारी दिएको छ । प्राधिकरणले यो कामलाई तीब्र गर्दै अगाडी बढाएमा नेपालभरका विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका अव्यबस्थीत तारहरु व्यबस्थीत हुने छन र शहर सुन्दर देखिनेछन । उक्त परियोजना भने विभिन्न दुरसंचार सेवा प्रदायकहरुले कार्यान्वयनमा ल्याउने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL