Logo

मध्यपहाडी लोकमार्गको अप्टिकल फाइबर : १० अर्बको परियोजना, प्रगती शुन्य

मध्यपहाडी लोकमार्गको अप्टिकल फाइबर : १० अर्बको परियोजना, प्रगती शुन्य



काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणको करिव १० अर्ब रुपैयाँ बराबरको परियोजनाको प्रगती हालसम्म शुन्य छ । प्राधिकरणले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाईबर विछ्याउन विभिन्न दूरसंचार सेवाप्रदायक कम्पनीलाई जिम्मा दिएपनि हालसम्म कुनै पनि काम अघि बढ्न सकेको छैन ।

प्राधिकरणले विभिन्न ३ ओटा दूरसंचार सेवाप्रदायक कम्पनीलाई अप्टिकल फाईबर विछ्याउने ठेक्का दिएको थियो । जसमा नेपाल टेलिकमले २ बर्ष अगाडी २ बर्षभित्रमा काम सिध्याउने सम्झौता गरेको थियो । सम्झौता गरेको २ बर्ष बितिसक्दा पनि काम भने शुन्य रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार समयसीमा सकिन केहि महिना मात्रै बाँकी रहँदा अप्टिकल फाईबर बिछ्याउने जिम्मा पाएका ३ ओटा दूरसंचार सेवा प्रदायक कम्पनीले अप्टिकल फाइवर विच्छ्याउनका लागि टेण्डर समेत आव्हान गर्न सकेका छैनन ।

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा विछउने अप्टिकल फाईबरको समय केहि महिना मात्रै बाँकी रहँदा भर्खर टेन्डर आह्वान गर्ने प्रक्रियामा छ । त्यस्तै अप्टिकल फाईबर बिछ्याउने ठेक्का लिएको अर्काे टेलिकम सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले पनि हालसम्म कुनै काम अघि बढाउन सकेको छैन ।

नेपाल दुरसंचार प्राधिकरणमा दिगम्बर झा तेस्रो पटक अध्यक्ष भएर पदबहाली गरेसँगै टेलिकम कम्पनीहरुले समयमै काम नसकेकाले ती कम्पनीसँगको ठेक्का खारेज गर्ने संकेत दिईसकेका छन । उनले मध्यपहाडी लोकमार्गमा विछ्याउने भनिएको अप्टिकल फाईबर कम्पनीहरुले कामको थालनी नै नगरेको देखिएको भन्दै ठेक्का नै खारेज गर्ने चेतावनी दिएका हुन ।

दूरसंचार प्राधिकरणले ग्रामिण दूरसंचार कोषको रकमबाट मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर विछ्याउनका लागि सेवा प्रदायक कम्पनीलाई जिम्मा दिएको थियो । जसमा प्रदेश १ देखि ३ सम्म नेपाल टेलिकम, प्रदेश ४ र ५ मा युनाईटेड टेलिकम र ६ र ७ नम्बर प्रदेशमा स्मार्टले टेन्डर पाएका थिए ।

प्राधिकरणले २०७३ असोज १२ मा नेपाल टेलिकमलाई विना प्रतिस्पर्धा प्रदेश नम्बर १ को पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि प्रदेश न ३ को गोरखा र धादिङको सिमानामा पर्ने आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउने जिम्मा दिएको थियो । ठेक्का पाएको २ बर्ष वित्न लाग्दा पनि सोको टेण्डर समेत आह्वान गर्न सकेको छैन । तर प्राधिकरणलाई सरकारले गत बैसाखमा लगाएको बन्द फुकुवा भएपछि नेपाल टेलिकमले काम सुरु गर्ने जानकारी दिएको छ । टेलिकमका अनुसार सरकारले गरेको रोकावटका कारण टेन्डर पनि आह्वान गर्न नसकिएको र अब सो बन्द फुकुवा भएपछि टेन्डरको काम अघि बढाउने बताएको छ ।

टेलिकमले ४ अर्ब ८८ करोड रुपैयाँमा उक्त अप्टिकल फाईबर विच्छ्याउने जिम्मा पाएको थियो । टेलिकमले दुई बर्ष भित्र ३२ जिल्लाका मध्यपहाडी लोकमार्गमा फाइबर बिछ्याएर सक्ने लक्ष्य सहित प्राधिकरणसँग उक्त ठेक्का लिएको थियो ।

२०७३ चैतमा ४ र ५ नम्बर प्रदेशमा अप्टिकल फाइबर विछ्याउने जिम्मा पाएको युनाईटेड टेलिकम (युटिएल) ले पनि हालसम्म कुनै काम गर्न नसकेको प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले जानकारी दिए । उनका अनुसार युटिएलले २ प्रदेशका २१ वटा जिल्लामा फाइबर विछ्याउने जिम्मा पाएको थियो । करिब २ अर्ब रुपैयाँमा प्रदेश ४ र ५ को मध्यमहाडी लोकमार्गमा अप्टिकल फाईबर विछ्याउने जिम्मा पाएको युटिएलले पनि ठेक्का पाएपछि कुनै काम अघि बढाउन सकेको छैन ।

यसैगरी प्रदेश नम्बर ६ र ७ मा अप्टिकल फाइबर विछ्याउन ३ अर्ब ९४ लाख रुपैयाँ ठेक्का पाएको स्मार्टले पनि काम अघि बढाउन सकेको छैन । अप्टिकल फाइबर विच्छ्याउने तेस्रो खण्ड अन्तरगतको रुकुमदेखि दैलेखसम्मको जिम्मा पाएको स्मार्टले हालसम्म कुनै काम अघि बढाउन नसकेको हो ।

तत्कालिन समयमा प्राधिकरणले दुई प्रदेशका १९ जिल्लालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने जिम्मा स्मार्टलाई दिएको थियो । जस अन्तरगत रुकुमको मुसिकोटदेखि दैलेखको झुलाघाटसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा स्मार्टले पाएको थियो । अप्टिक फाइबर विछ्याउनका लागि जिम्मा पाएको ३ वटै कम्पनीले सन्तोषजनक रुपमा काम अघि नबढाएपछि करिव १० अबै बराबरको परियोजनाको प्रगती शुन्य देखिएको छ ।

प्राधिकरणका अनुसार स्मार्टले भने प्राधिकरणको केहि प्रशासनिक रोकावटका कारण काम अघि बढाउन सकेको छैन । केहि महिनाभित्र स्मार्टलाई उक्त प्रशासनिक काममा सहजता दिँदै काम गर्नका लागि स्वीकृति दिईनेछ । यस्तै अर्काे कम्पनी युटिएलले भने अप्टिकल फाइबर बिछ्याउनलाई डिटेल सर्भेको काम अघि बढाईसकेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL