Logo

विरोध प्रदर्शन रोक्न बंगलादेशमा इन्टरनेट बन्द, विद्यार्थीहरु आन्दोलनमा

विरोध प्रदर्शन रोक्न बंगलादेशमा इन्टरनेट बन्द, विद्यार्थीहरु आन्दोलनमा



काठमाडौं । बङगलादेशमा सरकारले विद्यार्थीहरु हिंसात्मक आन्दोलनमा उत्रेको भन्दै मोबाइल इन्टरनेट बन्द गराएको छ ।

गएको हप्ता २ जना किशोर किशोरीको सडक दुर्घटनामा परी ज्यान गुमाएका कारण राजधानी ढाकाका केही स्थानमा विद्यार्थीहरुले सडक सुरक्षा कमजोर भएको भन्दै विरोध गरिरहेका छन । गएको शनिबार उक्त विरोधले हिंसात्मक रुप लियो जसमा परी १ सय जना घाइते भएका थिए ।

उक्त प्रदर्शनीका प्रत्यक्षदर्शीका अनुसार पुलिसले रबरका वुलेटहरु फाएर गर्नुका साथै अश्रु ग्याँस पनि प्रहार गरेका कारण सय भन्दा बढि मानिसहरु घाईते भएका हुन । उनीहरुमध्ये धैरैको नजिकैको अस्पतालमा उपचार भईरहेको छ । उक्त प्रदर्शनीका कारण गएको शनिबारदेखि थ्रीजी तथा फोरजी इन्टरनेट बन्द गरिएको त्यहाँस्थित एक पत्रिकाले लेखेको छ ।

सामाजिक संजालहरु विरोध प्रदर्शनीको बारेमा सरकारको नाममा नराम्रा कमेन्टहरुले भरिएका थिए । अब बंगलादेशीहरु मोबाईल डाटाका माध्यमबाट इन्टरनेट चलाउन असमर्थ छन ।

दुरसंचार नियमन आयोग (बिटीआरसी) बंगलादेशका प्रमुख जाहीरुल हकका अनुसार सरकारको निर्णयका अनुसार मोबाईल इन्टरनेट बन्द गरिएको हो । तर उनले सरकारको आदेश के थियो भनेर भन्न चाहेनन । तर एक अधिकारीले भने बिटीआरसीले सरकारको आदेशमा मोबाईल इन्टरनेट विस्तारै कम गर्दै लगेको जानकारी दिए ।

बंगलादेशी सरकारको यो कदमलाई विरोध प्रदर्शन कम गर्न चालिएको कदम भनिएको छ । विद्यार्थीमाथी गरिएको हमलाका विभिन्न तस्वीरहरुले सोसल मिडीयामा छाएपछि सरकार निरास बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL