Logo

क्यान ईन्फोटेकको तयारी पुरा, अत्याधुनिक सुरक्षा उपकरणजडित प्रबिधियुक्त घर मूख्य आकर्षण

क्यान ईन्फोटेकको तयारी पुरा, अत्याधुनिक सुरक्षा उपकरणजडित प्रबिधियुक्त घर मूख्य आकर्षण


बिजखबर संवाददाता
27
Shares

काठमाडौंं । सातौं स्टार्टअप क्यान ईन्फोटेकको तयारी पुरा भएकोे छ ।

फागुन २ देखि ६ गतेसम्म बुटवल मण्डपमा हुन लागेको मेलाको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

क्यान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रिकृत अवधारणा अनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए ।

उनका अनुसार सातै प्रदेशका मुख्य शहरहरुमा प्रदर्शनी आयोजना गर्ने केन्द्रको योजना छ । काठमाडौंमा आयोजना गरिएको केन्द्रिय ईन्फोटेकलाइ देशभरमा प्रचारप्रसार गर्ने लक्ष्यसहित पांच नम्बर प्रदेशमा आयोजना हुन लागेको उनले बताए ।

उक्त मेलामा सुचना संचारसम्बन्धी १ सय ३० ओटा स्टल रहने सचिब बीरबहादुर क्षेत्रीले बताए ।

सो अवसरमा जिल्ला अध्यक्ष नारायण श्रेष्ठले विगतमा भन्दा फरक र नयाँ विशेषतासहित आम दर्शकहरुले अवलोकन गर्न पाउने जानकारी दिए ।

उनले एकै थलोमा नयाँ र नौलो प्रविधि, उपकरणको प्रर्दशनी गरि उपभोक्ताहरुलाई खरीदबिक्रीका लागि सहज हुने समेत बताए ।

मेलामा दर्शक लोभ्याउन नेपालमै पहिलो पटक अत्याधुनिक सुरक्षा उपकरण जडित प्रबिधियुक्त घर निर्माण गरिएको छ । यसैगरी मेलाको मुख्य प्रायोजक स्टार्टअपका संचालक सन्तोष गौतमले प्रविधि सिकाउने रुपमा मेला आयोजना भएको बताए । उनले अवलोकनकर्ताहरुले स्टार्टअपको स्टलमा विशेष छुट पाउने ब्यवस्थासमेत गरिएकोे बताए ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्यूनिकेशन, आइएसपी, सफ्टवेयर सोलुसन्सलगायत स्टल रहने छन् । मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने र २ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ ।

सो प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन,आइसिटी क्विज, भर्चुवल गेमिङलगायत आर्कषणको रुपमा रहने सचिब क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL