Logo

विश्वका शीर्ष ५ दूरसंचार कम्पनी, जसले प्रतिसेकेन्ड कमाउँछन् ३ देखि ५ हजार डलर

विश्वका शीर्ष ५ दूरसंचार कम्पनी, जसले प्रतिसेकेन्ड कमाउँछन् ३ देखि ५ हजार डलर



काठमाडौं । दूरसंचार कम्पनीहरुले विश्वभर विद्युतीय सूचना आदानप्रदान गर्न महत्वपुर्ण भूमिका खेल्ने गर्दछन् । यस्तो विद्युतीय सूचना फोन कल, अक्षर, तस्विर, श्रव्यदृष्यलगायतको ढाँचामा हुनसक्छ । यस्ता सूचनाहरु टेलिफोन ल्याण्डलाईन, मोबाईल फोन, केबल टिभी, इन्टरनेटलगायतको संजालमा नै आदानप्रदान हुन्छन । यस्तै सूचना आदानप्रदान गरेरै दूरसंचार कम्पनीहरुले आम्दानी गर्ने गर्दछन् । जसको आम्दानीको स्रोत नै सूचना आदानप्रदान हो ।

भ्वाइसनेशनले विश्वभरका ठूला अर्थात बढी आम्दानी गर्ने शीर्ष २५ दूरसंचार कम्पनीहरुको तथ्यांक संकलन गरेको छ र त्यसको भिजुअलाईज्ड डाटासमेत प्रकाशित गरेको छ । कम्पनीले त्यस्ता कम्पनीहरुको कुल आम्दानी र प्रतिसेकेन्ड आम्दानी पनि निकालेको छ । जसमध्ये शीर्ष ५ दूरसंचार कम्पनीहरुको कुल आम्दानी र उनीहरुले एक सेकेन्डमा कमाउने रकमको यहाँ चर्चा गरिएको छ ।

जसको पहिलो अर्थात शीर्ष स्थानमा अमेरिकाको एटीएन्डटी कम्पनी छ । अमेरिकाको वहुराष्ट्रिय दूरसंचार कम्पनी एटीएन्डटीको कुल आम्दानी १ खर्ब ६८ अर्ब अमेरिकी डलर छ । कम्पनीले प्रत्येक एक सेकेन्डमा भने ५ हजार ३ सय ५४ अमेरिकी डलर आम्दानी गर्ने गर्दछ । यो अमेरिका र विश्वकै ठूलो दूरसंचार कम्पनी हो । यस्तै विश्वको दोस्रो ठूलो दूरसंचार कम्पनी भने अमेरिकाकै भेरिजोन दूरसंचार कम्पनी हो । अमेरिकामा वायरलेस दूरसंचार नेटवर्कको रुपमा प्रख्यात उक्त कम्पनीको कुल आम्दानी १ खर्ब ३३ अर्ब डलर छ । कम्पनीले प्रतिसेकेन्ड ४ हजार २ सय ३६ डलर आम्दानी गर्छ ।

आम्दानीका आधारमा विश्वकै तेस्रो ठूलो दूरसंचार कम्पनी भने चीनको चाईना मोबाईल हो । कम्पनीको कुल आम्दानी १ खर्ब ३१ अर्ब डलर छ भने कम्पनीले प्रतिसेकेन्ड ४ हजार १ सय ५८ डलर आम्दानी गर्ने गरेको छ । चौथो स्थानमा भने जर्मनीको दूरसंचार कम्पनी डच टेलेकोम छ । कम्पनीको कुल आम्दानी १ खर्ब २६ अर्ब डलर हुँदा प्रतिसेकेन्ड आम्दानी भने ४ हजार २ डलर छ । विश्वकै ठुला कम्पनीको सूचीको पाँचौं स्थानमा भने अमेरिकाकै कमकास्ट भन्ने कम्पनी छ । यो कम्पनीको कुल आम्दानी १ खर्ब १६ अर्ब अमेरिकी डलर हुँदा कम्पनीले प्रत्येक सेकेन्डमा ३ हजार ६ सय ९० डलर आम्दानी गर्ने गरेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL