Logo

एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड

एनसेलको स्वास्थ्यसम्बन्धी पहललाई विट्सा र एसोसीओ अवार्ड



काठमाडौँ ।  एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ । यो कार्यक्रमका लागि एनसेलले विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ हासिल गरेको हो ।

laxmi

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारी यी दुई पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरेका गरेका थिए । वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) रएसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड२०२१ को विजेताहरूको घोषणा गत कार्तिक २७गते बंगलादेशको ढाकामा आयोजित कार्यक्रममा भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर-एनजीओ) विधाअन्तर्गत जितेको हो ।

त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधाअन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरू एसोसीओ अवार्डबाट सम्मानित भएका थिए ।

विश्वभरका सूचनातथा सञ्चार प्रविधिक्षेत्रका संघसस्थाहरूको छाता संगठन विट्साकासेक्रेटरी जनरल जीम पोइसन्टले भने, ‘इनोभेटिभ इ–हेल्थ सोलुसन्स्अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ । दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरूको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL