Logo

पेट्रोलियम संकटको प्रभाव, बजारमा रिचार्ज कार्डको अभाव

पेट्रोलियम संकटको प्रभाव, बजारमा रिचार्ज कार्डको अभाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव हुँदा बजारमा रिचार्ज कार्ड पाउन छोडेको छ। विशेषगरी बजारमा बढी विक्री हुने १ सय र ५०को रिचार्ज कार्ड अभाव देखिएको हो ।

डिलरहरुले लिन नआएको कारण बजारमा अभाव भएको नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धि आचार्यले बताए । ‘हामीसँग स्टोरमा रिचार्जकार्ड छ’ उनले भने ‘सम्वन्धित डिलरहरुले कार्ड लिन आएका छैनन् ।’

इन्धनको समस्याका कारण डिलरहरु रिचार्जकार्ड लिन नआएको उनले जानकारी दिए । कम विक्री हुने २ सय तथा ५ सयको रिचार्ज कार्ड भने बजारमा उपलब्ध भइरहेको बताइएको छ ।

अहिले देशभर नेपाल टेलिकमको रिचार्ज कार्ड अभाव देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL