Logo

‘सगुन’को दोस्रो संस्करण सार्वजनिक, युजर फ्रेण्ड्ली रहेको दावी

‘सगुन’को दोस्रो संस्करण सार्वजनिक, युजर फ्रेण्ड्ली रहेको दावी


बिजखबर संवाददाता
0
Shares

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले शुरु गरेको ‘सगुन’ सामाजिक सञ्जालको भर्सन टु आज नेपालबाट सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच सगुन भर्सन टु सार्वजनिक गरेका हुन् ।

सो अवसरमा उनले सरकार इ गर्भनेनस तिर जाने योजनामा रहेको बताए । साथै बदलिलो परिवेश अनुसार चल्न आइटीको विकास आवश्यक रहेको बताए । सगुनको दोश्रो भर्सनमा केहि थपविशेषताहरु थपिएका छन् । जसले गर्दा योे ‘युजर फ्रेण्ड्ली’ रहेको छ ।

सामान्य भाषामा बुझ्दा सामाजिक सञ्जाल सगुनलाई ‘सोसियल इ–कमर्श प्लेटफर्म’ को रुपमाविकास गर्ने योजना रहेको रहेको संस्थापक गोबिन्द गिरीले बताए । ‘सामाजिक सञ्जालहरुको भिडमा अर्को एउटा त्यस्तै सञ्जाल मात्र होइन सगुन’ उनले भने ।

यो सामाजिक सञ्जालहरु भन्दापनि सुविधा र फादइदाको हिसवाले धेरै फरक भएको उनको दावी छ । सगुनले आफ्ना प्रयोगकर्ताहरुलाई सगुन डट कममाखाता खोल्ने वित्तिकै उपहार स्वरुप ५ डलर प्रदान गर्ने प्रचलन हाललाई भने रोकेको छ । सन् २०१६ को शुरुवातदेखि पूनः प्रयोगमा ल्याइने गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL