Logo

टेलिकमले शुरु गर्यो सानो भोलुमको डाटा प्याकेज, आइतवारदेखि लागु

टेलिकमले शुरु गर्यो सानो भोलुमको डाटा प्याकेज, आइतवारदेखि लागु


बिजखबर संवाददाता
0
Shares

नेपाल टेलिकमले आइतबारदेखि सानो भोल्युमको डाटा प्याकेज सुरु गर्ने भएको छ । जसअनुसार टेलिकमले जिएसएमका पोस्टपेड र प्रिपेडमा दुई वटा प्याकेजको विकल्प दिएको छ ।

टेलिकमका अनुसार ८ रुपैयाँमा १० एमबी र ३५ रुपैयाँमा ५० एमबी डाटा प्याकेज लिन सकिन्छ । १० एमबीलाई दुई दिनभित्र र ५० एमबीको डाटालाई १० दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यस्तै सिडिएमएमा ४० एमबीको एउटा प्याकेज मात्र सानो भोल्युममा राखिएको छ । १५ रुपैयाँ पर्ने यो प्याकेजको समयावधि तीन दिनको रहनेछ ।

टेलिकमका अनुसार ८ जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको भोल्युमको बीचमा खाली स्पेस राखी १४ सय मा एसएमएस पठाउनु पर्छ ।

जिएसएम प्रिपेड र सिडिएमए प्रिपेड र पोस्टपेडमा डाटा सुविधा लिन डाटा आफुले लिन चाहेको भोल्यूम र एमबी टाइप गरी १४१५ मा पठाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL