Logo

एनसेल एप क्याम्पको सेमिनार सुरु, १५० टीम सहभागी

एनसेल एप क्याम्पको सेमिनार सुरु, १५० टीम सहभागी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेल एप क्याम्प २०१५मा छनौट भएका १ सय ५० समूहका लागि क्षमता अभिवृद्धि सेमिनार सुरु भएको छ । सोमबारबाट सुरु भएको सेमिनरको पहिलो दिन व्यवसाय विकास, प्रर्वद्धन र एपआइडियाको प्रस्तुतिमा केन्द्रित थियो ।

सेमिनारको उद्घाटन गर्दैै एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले सहभागीलाई बधाइ दिंदै स्वागत गरे । ‘एनसेल एपक्याम्प २०१५ गतवर्ष सुरु गरिएको हाम्रो सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमको निरन्तरता हो,’ उनलेभने, ‘यो प्रतियोगिता तथा यस अन्तर्गतका क्षमता अभिवृद्धि तालिम तथा सेमिनारले तपाईं जस्ता डिजिटल सम्भावना बोकेका युवाहरुको विकासमा योगदान पुर्याउने विश्वासछ ।’

सेमिनारले सहभागीलाई स्थानिय तथा अन्तराष्ट्रिय विज्ञबाट विषयगत ज्ञान तथा तालिम हासिलगर्दै आफ्नो प्रतिभा निखार्न सहयोगमिल्ने र यसले प्रतियोगितालाई अझ अर्थपूर्ण बनाउने विश्वास व्यक्तगरे ।

थ्रिएच म्यानेजमेन्टका प्रमुखकार्यकारी सोहनबावु खत्रीले प्रतियोगिहरुलाई एपमनीटाइजेशन, परिभेन्यूमोडल र चुनौतिको बारेमा जानकारी गराएका थिए । विगतको अनुभवको बारेमा बताउदै उनले यसपटको एपक्याम्प भने केही फरक रहको बताए । उनले सहभागीलाई एप बनाउँदा प्रयोकर्ताको आँखाबाट हेर्न सुझाव दिए ।

प्रतियोगीले आफ्ना एपका आइडियालाई प्रयोगकर्ताको आवश्यक्ता सँग जोडेर त्यसमा व्यवसाय विकास गर्नुपर्ने कुरामा जोड दिए ।
सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनुपर्ने छ । जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येकविधाबाट ६ वटा समूहलाई फाइनल चरणका लागि छान्नेछन् ।

फाइनल चरणमा प्रतियोगीहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजरइन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुती गर्न सक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एप प्रदर्शन गर्ने छन् ।

यसरी विजयी घोषणा हुने प्रत्येक विधागत विजेता टोलीले २लाख ५० हजार रुयौयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट ठहरिएको टोलीले थप ५ लाख रुपैयाँको पुरस्कारका साथै २०१६मा हुने अन्तरराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछ । नबिलबैंक, काठमाण्डौं कलेज अफ म्यानेजमेन्ट, ई–सेवार मेटलाईफ दोस्रो एनसेल एप क्याम्प २०१५ का पार्टनरहरु हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL