Logo

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही गरिने, १ लाखसम्म जरिवाना

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही गरिने, १ लाखसम्म जरिवाना


बिजखबर संवाददाता
0
Shares

सामाजिक सञ्जालमा सामाजिक सदभाव बिथोलिने गरी सामाग्री प्रकाशन तथा प्रदर्शन गर्नेलाई कारबाही गरिने नेपाल प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार सार्वजनिक सूचना जारी यस्तो बताएको हो ।

साथै सिआईवीले सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्य नगर्न र नगराउन अनुरोध समेत गरेको छ ।

हाल विभिन्न सामाजिक सञ्जालमा प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन हुन थालेको भन्दै सो रोक्न अनुरोध गरेको हो । ‘विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्री प्रकाशन वा प्रदर्शन गरिएको देखिन आएको हुँदा उल्लिखित कार्यहरु कानुनले दण्डनीय कार्यका रुपमा परिभाषित गरेको जानकारी गराइन्छ ’ सूचनामा उल्लेख छ ।

साथै यस्ता कार्यहरु गर्ने र गर्न लगाउने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL