Logo

एनसेलको आम्दानी घट्यो, प्रिपेड ग्राहक पनि घटे

एनसेलको आम्दानी घट्यो, प्रिपेड ग्राहक पनि घटे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलको ग्राहक सङ्ख्या र आम्दानी घटेको छ । एनसेलमा प्रमुख लगानी रहेको टेलियासोनेराले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको खुद बिक्रि र मोबाइल सेवाबाट प्राप्त गर्ने आम्दानीमा कमी आएको पाइएको हो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म एनसेलको ग्राहक सङ्ख्या पनि घटेको देखिएको छ । एक महिनाअघि मात्रै प्रमुख लगानीकर्ता टेलियासोनेराले एनसेलसहित युरोसियाका देशबाट आफ्नो लगानी फिर्ता गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदन अनुसार दोस्रो त्रैमासमा सेवा बापत १३ अर्ब ८७ करोड रूपैयाँ आम्दानी गरेकोमा तेस्रो त्रैमासमा सेवा बापतको आम्दानी घटेर १२ अर्ब ६९ करोड पुगेको छ । त्यस्तै अघिल्लो त्रैमासमा १५ अर्ब ७६ करोड कुल खुद बिक्रि गरेकोमा पछिल्लो त्रैमासमा आइपुग्दा कम्पनीको खुद बिक्रि १४ अर्ब ३९ करोड रूपैयाँ पुगेको छ ।

ग्राहक सङ्रख्यामा आफूलाई पहिलो दाबी गर्दै आएको एनसेलको प्रिपेड प्रयोगकर्ता पनि घटेका छन् । विगत ३ बर्षमा निरन्तर बढ्दै आएका प्रिपेड ग्राहकको सङ्ख्याको वृद्धिदर यसपटक भने रोकिएको छ । अघिल्लो चौमासमा १ करोड १० लाख ७७ हजार प्रिपेड ग्राहक रहेकोमा सेप्टेम्बरसम्म सो सङ्ख्या १ करोड १० लाख ७५ हजारमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL