Logo

नेपाल टेलिकमले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका, आइतवारदेखि लागु

नेपाल टेलिकमले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका, आइतवारदेखि लागु


बिजखबर संवाददाता
27
Shares

नेपाल टेलिकमले आइतवारदेखि लागु हुने गरी आइभीआर १४१२ मार्फत सीआरविटी र सिएस सिस्टमबाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ ।

यस नयाँ व्यवस्था अनुसार इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स १४१२ मार्फत थर्ड पार्टी रिचार्ज सर्भिस कम्पनीको विभिन्न सेवा उपलब्ध गराउने बताइएको छ ।

एनटी रिचार्ज कार्ड मार्फत पिएसटिएन महसुल भुक्तानी , एडिएसएल रिचार्ज, जि एस एम पोष्टपेड महसुल भुक्तानी, जिएसएम प्रिपेड टप अप, सिडिएमए प्रिपेड टप अप, सि डि एम ए पोष्टपेड महसुल भुक्तानी, वाइम्याक्स रिचार्ज गर्न मिल्ने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

नमस्ते रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत पिएसटीएन सेवाको विल भुक्तानी, जि एस एम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र ए डि एस एल सेवाको महसुल भुक्तानी गर्ने सेवा यथावत रहेको जानकारी दिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL