Logo

माइक्रोम्याक्सका तीन नयाँ फोन बजारमा, मूल्य रु ५ हजारदेखि १० हजार

माइक्रोम्याक्सका तीन नयाँ फोन बजारमा, मूल्य रु ५ हजारदेखि १० हजार


बिजखबर संवाददाता
27
Shares

माइक्रोम्याक्सका तीन नयाँ फोन बजारमा भित्रिएको छ । माइक्रोम्याक्सको बोल्ट सिरिजका एस ३०२, बोल्ट क्यु ३३१ र बोल्ट क्यु ३३८ बजारमा आएको हो ।

जसमध्ये बोल्ट एस ३०२ को मूल्य ५ हजार २ सय रुपैयाँ पर्छ । त्यस्तै बोल्ट क्यु ३३१ को मूल्य करिब ८ हजार र र बोल्ट क्यु ३३८ को मूल्य करिब १० हजार ५ सय पर्ने कम्पनीले जानकारी दिएको छ ।

माइक्रोम्याक्स बोल्ट एस ३०२ मा ४ इन्चको टीएफटी डिस्प्ले, ५ सय १द्द को र्याम, २ मेगापिक्सलको रियर र १ दशमलव ३ मेगापिक्सलको फ्रण्ट क्यामेरा छ । एन्ड्रोइड ४.४.३ किटक्याट अपरेटिङ सिस्टमको यस फोनमा ३ जी, ब्लुटुथजस्त सुविधा छन् ।

त्यस्तै ंमाइक्रोम्याक्स बोल्ट क्यु ३३१ मा १.२ जीएचजेड क्वाडकोर, स्प्रेडट्रम एससी ७७३१ प्रोसेसर,५ सय १२ एमबीको र्याम, ४ जीबी इन्टरनल मेमोरीजस्ता विशेषताहरु छन् । यो फोनमा ५ मेगापिक्सलको रियर र २ मेगापिक्सलको फ्रण्ट क्यामरा छ । अपरेटिङ सिस्टम एन्ड्रोइड ४.४.२ किटक्याट रहेको यो स्मार्टफोनमा वाईफाई, ब्लुटुथ , माइक्रो युएसबी पोर्ट जस्ता सुविधा छन् ।
माइक्रोम्याक्स बोल्ट क्यु ३३८ मा १.३ जीएचजेड क्वाडकोर, मिडियाटेक एमटी ६५८० प्रोसेसर र १ जीबीको र्याम छ ,यसमा ८ जीबी इन्टरनल मेमोरी र ३२ जीबी सम्म बढाउन मिल्ने मेमोरी छ । यसमा भएको ८ मेगापिक्सलको क्यामराले उत्कृष्ट तस्विर कैद गर्न सकिन्छ । यो एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टमआधारित छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL