Logo

एनसेलले शुरु गर्यो स्मार्टफोनसँग बन्डलिङ, मोवाइल खरीदमा एनसेलको सीमसहित बोनस

एनसेलले शुरु गर्यो स्मार्टफोनसँग बन्डलिङ, मोवाइल खरीदमा एनसेलको सीमसहित बोनस


बिजखबर संवाददाता
0
Shares

मोवाइल सेवा प्रदायक एनसेलले स्मार्टफोनसँग बन्डलिङ शुरु गरेको । चाडपर्वकोे अवसर पारी शुरु गरेको सो सेवामा एनसेलका प्रिपेड ग्राहकले विभिन्न मोडलका स्मार्टफोन खरिद गर्दा फोनको मूल्य बराबरकै बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । बन्डलिङ सेवामा ग्राहकले स्मार्टफोनको मूल्य बोनसको रूपमा फिर्ता पाउनेछन् ।

यो सेवा अन्तर्गत ग्राहकले हुवावेका दुई मोडल, र माइक्रोम्याक्स तथा कर्लसको एक–एक मोडलको खरिदमा एनसेलको सिम कार्ड सहित तत्काल बोनस र प्रत्येक रिचार्जमा पनि आकर्षक बोनस पाउनेछन् ।

कर सहित रु १३हजार ४ सय ५० मूल्य रहेको हुवावेको वाई ६२५ स्मार्टफोन खरिद गर्दा ग्राहकले तत्काल रु ४हजार बराबरको बोनस प्राप्त गर्नेछन् । त्यस्तै रु ८हजार २सय ५० पर्ने हुवावेकै वाई३सी खरिद गर्दा रु २ हजार ५ सयको बोनस ब्यालेन्स तत्काल पाउनेछन् ।

साथै कर सहित रु ६ हजार ५० पर्ने माइक्रोम्याक्स डि३०३ खरिद गर्दा तत्काल रु २ हजार बोनस र रु ४ हजार ९ सय ५० मूल्य पर्ने कर्लस एक्स२५ लिँदा रु १ हजार ५सय तत्काल बोनस प्राप्त गर्नेछन् ।

यस बाहेक, ग्राहकले कुल बोनस स्मार्टफोनको मूल्य बराबर नहुँदासम्मा प्रत्येक रु १० देखि रु १ हजारसम्मको रिचार्जमा रिचार्ज मुल्य बराबरकै बोनस १० महिनासम्म प्राप्त गरिरहने बताइएको छ । जस्तो ग्राहकले रु १सयको रिचार्ज गर्दा थप रु १ सय बोनसको रुपमा प्राप्त गर्नेछन् । कुल बोनस मोबाईलको खरिद मुल्य बराबर वा १० महिनामा जुन पहिला हुन्छ तबसम्म ग्राहकले रिचार्जमा बोनस प्राप्त गरिरहनेछन् ।

यसरी प्रदान गरिएको बोनस एक महिनाको लागि मान्य हुनेछ र उतm बोनसलाई ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, तथा एसएमएस ÷ एमएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्मामा अनुसार यो सेवा यहि असोज २८ गतेदेखि लागु भई अर्को सूचना नआउन्जेलसम्म जारी रहनेछ । ग्राहकले एनसेलका सबै एनसेल सेन्टर, एनसेल सप तथा मोवाईल सेटका आधिकारिक बिक्रेताबाट यो सेवा प्राप्त गर्न सक्छन् ।

पहिले नै एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले आफ्नो विद्यमान नम्बरमा पनि बोनस प्राप्त गर्न सक्नने शर्माले जानकारी दिए ।
यसका लागि एनसेल सेन्टरमा मोबाईल सेट खरिद गर्दा आफ्नो नम्बर समावेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL