Logo

एनसेलले ल्यायो पैसा व्याक योजना, मेन व्यालेन्स बराबरको बोनस पाइने

एनसेलले ल्यायो पैसा व्याक योजना, मेन व्यालेन्स बराबरको बोनस पाइने


बिजखबर संवाददाता
27
Shares

एनसेलले दशैं तिहारको अवसर पारी पैसा ब्याक नामक नयाँ योजना ल्याएको छ । जसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको मेन ब्यालेन्स प्रयोग गर्दा त्यति नै रकम बराबरको बोनस ब्यालेन्स प्राप्त गर्नेछन् ।

चाडपर्वमा आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्यायएके सो योजना असोज २७ बाट लागु हुनेछ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्नेछन् ।

यससँगै ग्राहकले वोनस प्राप्त गर्न आफुले प्रयोग गर्नु पर्ने रकमको जानकारी पाउनेछन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि बराबरको बोनस ब्यालेन्स तत्काल प्राप्त हुनेछ ।

यसरी प्राप्त बोनसलाई ग्राहकले एनसेल नेटर्वक भित्र फोन गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक प्राप्त हुनेछ र प्रप्त बोनस त्यहि दिन मध्यरात सम्म मान्य हुनेछ । भोलिपल्ट पुनःतोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले फेरि सोहि रकम बराबरको बोनस प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसरी एक पटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन लाभ प्राप्त गरि आफ्ना प्रियजनसँग थप सम्पर्कमा रहन सक्नेछन् ।
यो योजना ९० दिनको लागी मान्य हुने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
MBL