Logo

प्रविधिमा चीनको फड्को : फाइभ जीमा अमेरिका–यूरोपभन्दा अगाडि, ५ वर्षमा १२१ अर्ब डलर लगानी गर्दै

प्रविधिमा चीनको फड्को : फाइभ जीमा अमेरिका–यूरोपभन्दा अगाडि, ५ वर्षमा १२१ अर्ब डलर लगानी गर्दै



काठमाडौं । बेइजिङ गर्व गर्दछ कि देशभरमा लगभग ७,००,००० फाइभ जी आधार स्टेशनहरु स्थापना गरिएको छ । उसले यस बर्षको अन्त्यसम्ममा योजना बनाएको भन्दा बढी, सुपरफास्ट मोबाइल नेटवर्कको विकासमा अन्य प्रमुख शक्तिहरुलाई पछाडि छाडेको यस हप्ताको सुरूमा उद्योग तथा सूचना प्रविधि मन्त्रालयका उप–मन्त्री लियु लिहोंगले घोषणा गरेका थिए ।

अधिकारीले अरू देशहरूबाट यसबारेमा तथ्यांक उपलब्ध नभएको बताएपनि लिहोंगल उनको देशले सम्पूर्ण विश्वले भन्दा दुई गुणा बढी फाइभ जी स्टेशन स्थापना गर्ने योजना बनाएको उल्लेख गरेका छन् ।

हाल चीनमा १८० मिलियन भन्दा बढी फाइभ जी उपकरणहरू जडान गरिरहेको छ । टेक्नोलोजीमा ग्राहकको बढ्दो चासोको साथ, चीनले यस रणनीतिक क्षेत्रमा थप फाइभ जी विकास र लगानी बढावाको गति तय गरेको छ ।

प्रारम्भिक रिपोर्टमा तीन ठूला चिनियाँ सरकारी टेलीकम कम्पनीहरूले यस वर्ष उनीहरूको फाइभ जी खर्च चार गुणा बढाएर १८० बिलियन युआन (२४ अरब डलर) मा पुग्ने बताइएको थियो । पछिल्लो रिपोर्टमा भने यो उद्योगका खेलाडीहरूले चीनको फाइभ जीमा लगानी २०२१–२०२५ को अवधिमा ८०० बिलियन युआन (१२१ बिलियन डलर) भन्दा बढी हुने अपेक्षा गरेका छन् ।

जब यो आउँदो पुस्ताको नेटवर्कको विकासको कुरा आउँछ, धेरै युरोपेली देशहरू एसियाली शक्ति भन्दा धेरै पछाडि छन् । यूरोपीयन गोलमेज तालिका (ERT) को पछिल्लो विश्लेषण अनुसार, ईयु सदस्य राष्ट्रहरुमध्ये आधा भन्दा बढी सदस्यहरूले अझै व्यापार प्रयोगको लागि सुरू गरेका छैनन् ।

ईआरटी तथ्यांकका अनुसार दक्षिण कोरिया प्रति व्यक्ति फाइभ जी स्टेशनहरूको संख्याको आधारमा स्विजरल्याण्ड र चीनको नजिक छ । युरोपियन युनियनमा प्रति नागरिक कममात्र फाइभ जी स्टेशनहरू छन्, जबकि अमेरिका र बेलायत पनि चीन भन्दा पछाडि छन् । यद्यपि अल्ट्रा–फास्ट नेटवर्कमा पहुँच पुर्याउने स्थापनाहरूमा लगानीका हिसाबले चीन अझै पनि विश्वका अन्य शक्ति राष्ट्रभन्दा धेरै अगाडि बढेको देखिन्छ ।

वाशिङटनले लामो समयदेखि आफ्ना सहयोगीहरूलाई चिनियाँ प्रविधि प्रयोगबाट जोगिन र विश्वको अग्रणी फाइभ जी उपकरणको आपूर्तिकर्ता हुवावेलाई प्रतिबिन्ध लगाउन विभिन्न दबाब र हसयोग गर्दै आएको छ । कतिपय देशलाई अमेरिकाले यसका लागि रकम प्रस्ताव पनि गर्दै आएको छ । धेरै देशहरू अझै आफ्नो धरातलमा उभिएका छन् र अमेरिकी प्रस्ताव अस्वीकार पनि गरिरहेका छन् । तर, युके र स्विडेनजस्ता देशहरू भने अमेरिकी दबावमा झुकिसकेका छन् ।

सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्र नयाँ फाइभ–जी प्रविधिले निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले बताएका छन् । उनीहरूले आगामी पाँच वर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानी २० खर्ब दश अर्ब अमेरिकी डलरले वृद्धि हुने बताएका हुन् ।

फाइभ–जी प्रविधिले चीनको सूचना उद्योगमा थप उल्लेख्य योगदान गर्ने अपेक्षा चिनियाँ प्राविधिकहरूले गरेका छन् । उनीहरूले आगामी पाँच वर्षमा ३० खर्ब ३० अर्ब युआनका दरले प्रतिवर्ष आम्दानीमा वृद्धि हुने अनुमान गरेका छन् । फाइभ–जी कार्यक्रमबाट चीनका उद्योगहरू, यातायातका साधन, विनिर्माण तथा स्वास्थ्य क्षेत्रमा वितरण हुने सेवाबाट ११० खर्ब ९० अर्ब युआन आर्थिक वृद्धिका लागि योगदान गर्नेछ ।

फाइभ–जी प्रविधिले चीनको डिजिटल अर्थतन्त्र विकासका लागि महत्वपूर्ण संरचना विस्तार गर्ने, र फाइभ–जी र कृत्रिम बौद्धिक गतिविधि, ठूला तथ्यांकलगायत अन्य प्रविधिहरूलाई डिजिटल अर्थतन्त्रका रूपमा आमूल परिवर्तन ल्याउने बताइएको छ ।–एजेन्सीहरुबाट

प्रतिक्रिया दिनुहोस्
MBL