Logo

आज मध्यरातिदेखि विदेशी च्यानलमा बज्दैन विज्ञापन, बजेमा च्यानल नै बन्द गरिने

आज मध्यरातिदेखि विदेशी च्यानलमा बज्दैन विज्ञापन, बजेमा च्यानल नै बन्द गरिने



काठमाडौं । आज मध्यराति १२ बजेदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा विज्ञापनरहित (क्लिनफिड) लागु हुने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आजैदेखि उक्त नियम लागु गर्ने बताएको हो ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ मा विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भईसक्नुपर्ने उल्लेख छ ।

भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गर्दै आएको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम च्यानल बन्द गरिनेसमेत मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL