Logo

टेलिकमको सवै टावर दशै अघि नै पुनस्र्थापना गरिने, घर नपाउँदा समस्या

टेलिकमको सवै टावर दशै अघि नै पुनस्र्थापना गरिने, घर नपाउँदा समस्या


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० असोज, काठमाडौं । नेपाल टेलिकमले भुकम्पबाट क्षति पुगेका सवै टावरहरु दशै अघि नै पुनस्र्थापना गर्ने भएको छ । हाल क्षतिभएका मध्ये आधा जसो स्थानमा पुनस्र्थापना भइसकेको र अन्य स्थानमा पनि तत्काल गरिने नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले बताए ।

आचार्यका अनुसार भुकम्पले टेलिकमको ४६ वटा टावरमा क्षति पुर्याएको थियो । जसमध्ये २६ वटा पुरै ध्वस्त भएर अन्यत्र सार्नुपर्ने भएको थियो भने २० वटा सोही स्थानमा पुनस्र्थापना गर्न मिल्ने खालको थियो । ‘विग्रीएका टावर मध्ये ५० प्रतिशत पुनस्र्थापना भइसकेको छ,’ उनले भने, ‘अन्यलाई पनि दशै अघि नै पुनस्र्थापना गरिसक्नेछौं ।’ भुकम्प पश्चात घरलाई लोड कम पर्ने खालका टावर राख्न थालिएको समेत उनले जानकारी दिए ।

हाल टावर राख्नका लागि घर नपाउँदा समस्या उत्पन्न भएको उनले जानकारी दिए । ‘पुराना भत्किएका टावर मर्मत तथा अन्य स्थानमा स्थानान्तरण गर्नका लागि सरकारी प्रक्रिया अनुसार जानुपर्छ,’ उनले भने, ‘सरकारी प्रक्रिया अनुसार विभिन्न चरण पार गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भएको छ ।’ हाल भइरहेका स्थानमा सामान्य मर्मत गर्नका लागि पनि झण्झटिलो प्रक्रिया पार गर्नुपर्ने भएकाले समयमै पुनस्र्थापना गर्न नसकिएको उनले जानकारी दिए ।

भुकम्पले क्षति पुर्याएका टावरहरु समयमै पुनस्र्थापना गर्न नसक्दा सेवा ग्राहीलाई समस्या परेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL