Logo

गुगलको ‘आफ्नो भाषालाई माया गरौं’ कार्यक्रम, नेपालीमा ह्यान्डराइट सार्वजनिक

गुगलको ‘आफ्नो भाषालाई माया गरौं’ कार्यक्रम, नेपालीमा ह्यान्डराइट सार्वजनिक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

६ असोज,काठमाडौं । गुगलले नेपालमा पहिलोपटक ‘आफ्नो भाषालाई माया गरौं’ कार्यक्रम आयोजना गरेको छ । मंगलवारदेखि सुरु भएको कार्यक्रम १३ गतेसम्म चल्नेछ ।

संसारभर रहेका नेपालीलाई भाषाको कठिनाइ कम गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गुगल एसिया प्यासेफिक,पब्लिक अफेयर र न्यू मार्केट्स कम्युनिकेसन्सकी एमी कुनरोज्पान्याले बताइन् । कुनरोज्पान्याले नेपाली प्रयोगकर्ताहरुको हातमा गुगलको उपकरणले नेपालीमा उपयोगी वेव बनाउन मद्धत गर्ने विश्वास व्यक्त गरिन । उनले भनिन् ‘नेपाली भाषा र संस्कृतिको उन्नति र संरक्षणमा समेत मद्धत पुग्ने विश्वास छ ।’

गुगलले अनलाइन नेपाली अनुवादको गुणस्तरमा सुधार गर्नका लागि नेपाली अनुवादक,भाषा विशेषज्ञ तथा भाषा प्रेमिलाई आमन्त्रण गरेको छ । यो मोवाइल,ल्यापटप, ट्याव,कम्प्युटर सवैबाट चलाउन सकिन्छ ।

यसैवीच गुगलले नेपालीमा ह्यान्डराइट(हस्तलेखन) पनि सार्वजनिक गरेको छ । जसले कागजमा लेखिएको जस्तो गरि औला वा स्टायल कलम प्रयोग गरेर लेख्न सकिन्छ । टाइप गर्न अप्ठ्यारो लाग्नेलाई लक्षित गर्दै सार्वजनिक गरिएको बताइएको छ ।
ल्यांग्वेज टेक्नोलोजी केन्द्रसँग तथा अन्य ४० भन्दा बढी शिक्षण संस्थाहरुको को सहकार्यमा कार्यक्रम आयोजना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL