Logo

सबै भारतीय टिभी च्यानल बन्द गर्ने निर्णय, यस्तो छ कारण

सबै भारतीय टिभी च्यानल बन्द गर्ने निर्णय, यस्तो छ कारण



काठमाडौं । नेपालका विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका छन् ।

बिहीबार रातीदेखि लागु हुनेगरी वितरकहरुले भारतीय सरकारको स्वामित्वमा रहेको दुरदर्शनबाहेक सबै न्युज च्यानलहरु बन्द गरेका हुन् । डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।

पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुतको नाम जोडेर अनर्गल प्रचार गर्न थालेपछि यस्तो निर्णय गरिएको च्यानल वितरकहरुले बताएका छन् । उनिहरुका अनुसार पछिल्लो समय भारतीय मिडियाहरुले नेपालको नाम जोडेर गालीगलौजजस्तै गर्न थालेपछि यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL