Logo

सामसुङको नयाँ ट्याव बजारमा, मूल्य २७ हजार ९ सय

सामसुङको नयाँ ट्याव बजारमा, मूल्य २७ हजार ९ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ भदौ, काठमाडौं । सामसुङले नयाँ मोडलको ट्याबलेट नेपाली बजारमा भित्राएको छ । कम्पनीले मध्यमवर्गीय नेपालीलाई लक्षित गर्दै भित्राइएको ‘ग्यालेक्सी ट्याब ई’ बजारमा ल्याएको हो ।

९ दशमलव ६ इञ्चको डिस्प्ले रहेको सो ट्यावको मूल्य २७ हजार ९ सय रुपैयाँ तोकिएको छ । आकर्षक डिजाइनमा रहेको ‘ट्याब ई’ पावरफुल भएको कम्पनीको दाबी छ ।

यसमा क्वार्डकोर १ दशमलव ३ गीगाहर्ज प्रोसेर, ओएस एन्ड्रोइड ४दशमलव ४ अपरेटिङ सिष्टम, १दशमलव५ जीबी र्यामलगायत सुविधा छन् ।

यसको मूख्य क्यामेरा ५ मेगापिक्सेल रहेको छ भने सेकेन्डरी क्यामेरा २ पिक्सेल रहेको छ । क्यामेराको मूख्य विशेषताको रुपमा कन्टिन्युस र वान सट मोड हो ।

प्रतिक्रिया दिनुहोस्
MBL