Logo

कोरोनभाईरसको महामारीमा प्रविधिको साथ, ड्राईभर बिनाका कारहरुले गर्छन फुड डेलिभरीदेखि औषधिसम्म पुर्याउने काम

कोरोनभाईरसको महामारीमा प्रविधिको साथ, ड्राईभर बिनाका कारहरुले गर्छन फुड डेलिभरीदेखि औषधिसम्म पुर्याउने काम



काठमाडौं । सेल्फ ड्राईभिङ कार, ट्रक, फुटपाथमा हिड्ने रोबोटहरु हाल ग्यारेज तथा ल्याबबाट बहिर निस्केका छन् । अमेरिकी सडकहरुमा यीनीहरुले खाद्य सामग्री, स्वास्थ्य सामाग्री तथा खाना डेलिभरी गर्ने काम गरिरहेका छन् ।

हाल अमेरिकास्थित सेल्फ ड्राईभिङ कार निर्माताहरुले यसको परिक्षण रोकेका छन् । किनकी उनिहरुले सडकको पर्याप्त डाटा संकलन गरेर अत्यावश्यक सामग्री डेलिभरीको व्यवस्था मिलाईरहेका छन् ।

गत अप्रील मध्यदेखि जेनरल मोटरको सेल्फ ड्राईभीङ कारले एक मिसनका साथ एसएफ मेरिन फुड बैंक तथा न्यु डीलमार्फत अर्डर आएको भरमा खाना डेलिभरी गरिरहेको छ । सबै सेल्फ ड्राईभीङ कारमा २ जना ड्राईभर छन् सबैले मास्क र पन्जा लगाएका छन् एक जनाले ग्राहकको घरमा सामान झार्ने काम गरिरहेका हुन्छन् । हाल चलिरहेका सेल्फ ड्राईभीङ कारले भविष्यमा हुने सहजताको अभ्यासमा सहयोग पुगेको विज्ञहरुको भनाई छ ।

केही दिनको पर्खाइ पनि क्यालीफोर्नीयाका सडकहरुमा कार देखिएका छन् । जसले विभिनन ईकमर्स तथा अनलाईन सपिङमार्फत खाना तथा विभिन्न अत्यावश्यक सामग्रीहरु विभिन्न स्थानमा पुर्याउन काम गर्ने गरेका छन् ।

यस्तै अप्रीलमै अर्काे कम्पनी नुरोले पनि क्यालीफोर्नियाको सडकमा ड्राईभररहित कार गुडाउने अनुमति पाएको छ । उक्त कम्पनीका कारहरुले सान मटेओ गाउँमा विभिन्न स्वास्थ्य सामग्री पुर्याउने काम गरिरहेका छन् ।

क्यालीफोर्नीयाका सडकमा गुडाउन अनुमति पाएका विभिन्न ड्राईभररहित कारहरुले पैसा भने कमाउँदैनन । तर विभिन्न डाटा संकलन तथा विभिन्न अपरेशनका सहयोगहरु भने पाईरहेका छन् ।
यस्तै विभिन्न कम्पनीका कारहरुले अमेरिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवा जस्तै मेडिकल उपकरण, औषधि, खाद्यान्नलगायत पुर्याईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL