Logo

सरकारको निर्णय लत्याउँदै कमाउ धन्दामा इन्टरनेट सेवा प्रदायक, धमाधम काट्न थाले ग्राहकको सेवा

सरकारको निर्णय लत्याउँदै कमाउ धन्दामा इन्टरनेट सेवा प्रदायक, धमाधम काट्न थाले ग्राहकको सेवा



काठमाडौं । ईन्टरनेट सेवाप्रदायक (आइएसपी) कम्पनीहरुले नेपाल सरकारको निर्देशनलाई नै वेवास्ता गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण विश्व त्रसित छ । सोही अनुसार नेपालमा पनि यसको रोकथामका लागि सरकारले पछिल्लो ३ सातादेखि लकडाउन लागू गरेको छ ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक सेवाहरुको कमी हुन नदिन विभिन्न सेवाको शुल्क तिर्ने समय लम्ब्याएको छ भने केही शुल्कहरु मिनाहा पनि गरेको छ । यस्तो बेलामा अत्यावश्यक सेवा मानिएको ईन्टरनेट शुल्कमा पनि २५ प्रतिशत मिनाहा गर्ने र लकडाउनका कारण शुल्क तिर्न नसक्नेका लागि पनि सेवा निरन्तर दिन सरकारले निर्देशन दिएको छ ।

तर, ईन्टरनेट सेवाप्रदायकहरुले सरकारको निर्देशन र आफ्नै संगठन आईस्पानको आग्रहलाई लत्याउँदै भटाभट ईन्टरनेट कनेक्सन कट गरिरहेका छन् । नेपाल दूरसंचार प्राधिकणले लकडाउन अवधिभर ईन्टरनेटको शुल्क तिर्न अप्ठ्यारो हुने भएको भन्दै यस्तो बेला शुल्क नतिर्नेको पनि कनेक्सन नकटाउन निर्देशन दिएको थियो ।

यस्तो विषम परिस्थितिमा पनि सरकारको निर्णय लत्याउँदै इन्टरनेट सेवाप्रदायक कमाउधन्दामा लागेर धमाधम ग्राहकहरुको कनेकसन काट्नुले आइएसपीहरुको ग्राहकप्रतिको जिम्मेवारी बोध नरहेको देखिएको एक उपभोक्ताले बताए । सुविसुले लकडाउको बेलामा पनि पैसा नतिरी ईन्टरनेटको डेट एक्सटेण्ड गर्ने सिस्टममै नभएको भन्दै ग्राहकको सेवा बन्द गर्न थालेको छ । वल्र्ड्लिंकले पनि यस्तोबेलामा धेरै ग्रााहकहरुको लाइन काटिरहेको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

यस्तै ईन्टरनेट विग्रीएर कम्पलेन गर्दा लकडाउनको कारण देखाउँदै मर्मत नगर्ने तर, शुल्क तिर्न १ दिन ढिला भयो इन्टरनेटको कनेक्सन नै काट्नु न्यायोचित नभएको एक ग्राहकले बताए । ‘इन्टरनेट विग्रीयो भनेर कम्प्लेन गर्यो भने लकडाउनका कारण मर्मत गर्न सकिदैन भन्दै फोन राख्नछन,’ ती सेवा ग्राहीले भने, ‘तर पैसा तिर्न एक दिन ढिला भयो कि पैसा नतिरी समय थप गर्न सिस्टकले दिँदैन भन्दै लाईट काटिदिए ।’ विशेषगरी पछिल्लो समय बल्डलिंक तथा सुविसु केवल नेटले धमाधक ग्राहकको लाइन काट्न थालेका छन् ।

यस्तै ईन्टरनेट सेवाप्रदायकहरुको संस्था आईस्पानले पनि एक विज्ञप्ती जारी गर्दै अत्यावश्यक सेवामा पर्ने ईन्टरनेट सेवाको कनेक्सन नछुटाउने बताएको थियो । तर, पछिल्लो समय भटाभट आईएसपीहरुले कनेक्सन काटेपछि त्यो कदम आइस्पानकै विज्ञप्ती विरुद्ध भएको नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले निर्देशन दिएको र आईस्पानरुले पनि सोही अनुसार आग्रह गरिसकेपछि पैसा नतिरेको भन्दै लाईन काटनु गलत कदम भएको र यसमा प्राधिरकणलले सम्बन्धितहरुसँग परामर्श गर्नेछ ।

यता विभिन्न नाम चलेका आइएसपीहरुले गुणस्तरीय सेवा प्रदान नगरिरहेका भन्दै ग्राहकहरुले सामाजिक सञ्चाजलमा तीव्र आलोचना गरिरहेको देखिन्छ । ‘पहिला २० एमबीबिएसको स्पिड दिन्छु भनेर इन्टरनेट जोडे, अहिले भने ५ केबीपिएसको स्पिडमा इन्टरनेट चल्छ’, एक उपभोक्ताले गुनासो गरेका छन् । सम्बन्धित कमपनीमा गुनसो गर्दा समस्या सुनुवाई नगर्ने र तपाईकै डिभाइसमा समस्या छ भन्ने गरेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL