Logo

एनसेलले घटायो डेटा शुल्क, सुलभ मूल्यमा गुणस्तरिय सेवा दिने उद्देश्य

एनसेलले घटायो डेटा शुल्क, सुलभ मूल्यमा गुणस्तरिय सेवा दिने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१२ साउन,काठमाडौं । एनसेलले आफ्नो डेटा प्याकमा डेटाको शुल्क घटाएको छ । जसअन्तर्गत सबैभन्दा सानो प्याक लिएर ईन्टरनेट चलाउँदा पनि डेटाको मूल्य अब अधिकतम १ रुपैयाँ प्रतिएमबी मात्र पर्ने भएको छ । त्यस्तै ठूलो प्याक लिँदा  मूल्य थप कम हुँदै जानेछ ।

यस अघि एनसेलको प्याकमा डेटाको मूल्य अधिकतम २ रुपैयाँ प्रति एमबीसम्म लाथ्यो । एनसेलले हालै विभिन्न साईजका नयाँ डेटा प्लान सार्वजनिक गरेर डेटा शुल्क घटाएको हो । नयाँ प्लानमा ग्राहकले आवश्यकता अनुसार ६ एमबी, १८ एमबी वा ४० एमबीको दैनिक प्लान लिन सक्छन् ।

६ एमबीको प्याक लिँदा प्रतिएमबी १ रुपैयाँ पर्न आउँछ भने १८ एमबीको प्याक लिँदा ६७ पैसा प्रतिएमबी र ४० एमबीको प्याक लिँदा ५० पैसा प्रतिएमबी पर्न आउँछ । दैनिकप्याक २४ घण्टासम्म मान्य रहने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

नयाँ प्लानमा अब ग्राहकले ७ दिनसम्म मान्य रहने ५० एमबी, १सय २५ एमबीवा २सय ५० एमबीका साप्ताहिक प्याक पनि लिन सक्छन् । ५० एमबीको प्याक लिँदा प्रतिएमबी ७० पैसा पर्न आउँछ भने १२५ एमबीको प्याक लिँदा ४८ पैसा प्रतिएमबी र २५० एमबीको प्याक लिँदा ४४ पैसा प्रति एमबी पर्छ ।

साथै एकै पटक ३० दिनसम्म डेटा सुनिश्चित गर्न चाहने ग्राहकले अब १ हजार एमबी, २ हजार एमबी र ३ हजार एमबीका मासिक प्याक लिन सक्छन् । यसरी १ हजार एमबीको मासिक प्याक लिँदा प्रति एमबी डेटाको मूल्य ५५ पैसा पर्न आउँछ भने २ हजार एमबीको प्याक लिँदा ४३ पैसा प्रतिएमबी र ३ हजार एमबीको प्याक लिँदा ३८ पैसा प्रतिएमबी पर्न आउँछ । सुलभ मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले  डेटाको शुल्क घटाएको शर्माले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL